Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

'आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको थिएँ'

2023 Jun 29 6:31 PM 25

विज्ञापन

Birat Cancer Hospital
'आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको थिएँ'
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताउनु भएको छ । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उहाँले जनाउनु भयो । धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उहाँले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको । अलिक दिन त्यसले पनि मार्केट पायो ।’ अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको ओलीले बताउनु भयो । एमाले अध्यक्ष ओलीले अगाडि भन्नुभयो, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको ? ’ पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा १० असारमा जलहरीको तौल र गुणस्तर मापन गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?