Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

2023 Jun 30 5:16 PM 47

विज्ञापन

Birat Cancer Hospital
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं । अलराउन्डर अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३३।५ ओभरमा ९९ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ ५२ बलमा २ चौकासहित १५ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । अभिषेक तिवारीले ४।५ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । कृतिक कामतले एक विकेट लिए । त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३।४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालको जितमा अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट इनिङ खेले । बलिङमा चार विकेट लिएका अशोकनै खेलको प्लेयर अफ द म्याच चुनिए । एक समय ९१९७ को दयनीय अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भएका थिए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए । नेपालले निरज कुमार यादव ८, सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९, विकेटकिपर आषिश लुहार गोल्डेन डक, प्रतिक भट्टराई ४, दीपु कुमार १५ र सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए । नेपाल समूह ए बाट दुबै खेलमा जितका साथ समूह विजेता बनेको हो । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अव सेमिफाइनल खेलमा समूह बी को उप विजेता सिंगापुरसँग खेल्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला