Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नयाँ पार्टी पानीका फोकाजस्तै हुन्,गफ चुटेर देश बन्दैन : कांग्रेस नेता महर

2023 Jul 1 7:19 PM 25

विज्ञापन

Birat Cancer Hospital
नयाँ पार्टी पानीका फोकाजस्तै हुन्,गफ चुटेर देश बन्दैन : कांग्रेस नेता महर
डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ पार्टीहरु धेरैदिन नटिक्ने टिप्पणी गरेका छन् । ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन् । आत्तिनु पर्दैन । पानीको फोका धेरैबेर टिक्दैन ।’ उनले भने ‘अहिलेका नयाँ शक्ति पानीको फोकाजस्तै हुन् । यीनलाई फुट्न धेरै समय लाग्दैन । गफ चुटेरमात्र देश बन्दैन ।’ कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसका नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताएका छ । उनले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताए । ‘कांग्रेस जनमैत्री हुनुपर्छ । त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ । ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ । त्यसैले स्थानीय पालिकादेखि माथिसम्मका नेताहरूले असल काम गरेमात्र ठिक ठाउँमा पुगिन्छ’ उनले भने । स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले उनले देखिनेगरी प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समाज र परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न पनि सुझाव दिएका छन् । पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए । ‘पछिल्लो समय इतिहास कसैले खोज्दैनन् । सतही कुराको पछि लाग्छन् । जुन गलत छ । यसले मुलुकलाई दीर्घकालिन फाइँदा पुग्दैन’ उनले भने ।डडेल्धुरामा बजेट धेरै परेको भनेर काठमाडौंमा विरोध भइरहेको र त्यसको तुक नरहेको पनि उनले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?