Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रेस चौतारी कोशी प्रदेशले ध्यानाकर्षण पत्र बुझायो, खबरदारी र संघर्षबाटै सबै सक्रिय पत्रकारहरुको हकहितका लागि चौतारी पछि नहट्ने

2023 Jul 2 7:56 PM 35

विज्ञापन

Birat Cancer Hospital
प्रेस चौतारी कोशी प्रदेशले ध्यानाकर्षण पत्र बुझायो, खबरदारी र संघर्षबाटै सबै सक्रिय पत्रकारहरुको हकहितका लागि चौतारी पछि नहट्ने
राम चौधरी, बिराटनगर । प्रेश चौतारी नेपाल कोशी प्रदे्शले सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुन्दे मापदण्डलाई पालना गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । आज बिराटनगर स्थित नेपाल पत्रकार महासंघ कोशी प्रदेशको कार्यालयमा महासंघको अध्यक्ष लिलाबल्भव घिमिरेलाई चौतारी प्रदेश अध्यक्ष अबिजाल बिष्टले ध्यानाकर्षण ज्ञापन पत्र बुझाएका हुन । चौतारी नेपाल कोशी प्रदेशका अध्यक्ष अबिजाल बिष्ट ध्यानाकर्षण पत्र बुझाउदै यदि हाम्रो संगठनले उठाएका सबै पत्रकाहरुको न्यायोचित जायज मागहरु प्रति बेवस्था गरिएमा संगठनले जस्तो सुकै संघर्षका चरणबद्ध कार्यक्रमहरु पनि ल्याउन बाध्य हुनेछ । महासंघसंग दुरी बढने छ संस्थागत हितको लागि ब्यक्तिगत लेनदेनको बाहान हुनु हुदैन तर महासंघ केन्द्रले निर्दिष्ठ गरेका १५ बुन्दे मापदण्डमा रहेर छलफल, सम्बाद, निकासका लागि हाम्रो संगठन सधै तत्पर रहेको अध्यक्ष बिष्टले अबगत गराएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रले गरेको सर्कुलर अनुसार सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुन्दे मापदण्डलाई पालना गर्न गराउन नेपाल पत्रकार महासंघ कोशी प्रदेश संग सहकार्य र सहयोग गर्न सधै तयार रहेको बिज्ञप्तीमा उल्लेख छ । प्रेश चौतारी नेपाल कोशी प्रदेश शुद्धि करण र नयाँ सदस्य बितरण मापदण्ड अनुसारको मुलमर्म र उद्धेश्य पुरा गराउन महासंघ संग हातोमालो गर्न तयार रहेको तर कुनै संगठन वा बहुमतको आधारमा गैर पत्रकारहरुलाई सदस्य दिने, महासंघका सदस्यहरुमा उस्तै प्रकृति र काम गर्ने कार्यालय भएकाहरुलाई शुद्धिकरणका नाममा एकलैटी कसैको नबिकरण हुने, कसैको नयाँ सदस्यता बितरण गर्ने र कसैको शुद्धिकरणमा राख्ने जुन निणर्य भएर पठाईएका छन् त्यस तर्फ सचेत हुनु पर्ने फिल्डमै नदेखिएका तर कागजी डकुमेन्ट मिलाएर नयाँ सदस्यहरुमा सिफारिस गर्ने, सरकारको सेवा सुबिधा खाएका तर उही प्रकृतिका सदस्यहरु बिच बिबेदकारी अन्याय गर्ने आदि जस्ता कृयाकलापहरु भएको देखिएको हुनाले त्यस्ता निणर्यलाई सदर नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले आवाज उठाएको छ । साथै महासंघलाई सचेत र सजग हुन पनि अनुरोध गरिएको अध्यक्ष बिष्टले जानकारी गराएका छन् । सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र पांचथर नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुमा आस्थाका आधारमा त्यही रहेका पत्रकारहरुको बिभिन्न संगठनहरुसंग ब्यापक छलफल समेत नभएको गुनासाहरु, बिबादहरु आईरहेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले जिल्ला स्थित सबै पत्रकारहरुको संघसंगठनहरु संग पुनः छलफल र समन्वय गर्न गराउनको लागि सबैको उचित र न्यायोचित निकासका लागि पनि पहल गर्न हाम्रो संगठन अनुरोध गर्दछ ज्ञापन पत्रमा भनिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुले नबिकारण र शुद्धिकरणका लागि उजुरी दिने प्रकियालाई गोप्य र बिश्वासनिय राख्नु पर्ने प्रकिया हो तर उसले तेरो नाममा उजुरी गरयो अर्कोले गरयो भन्ने जुन सुचना बाहिर आईरहदा त्यो उजुरी चुहावट भैरहेको छ यसले साथीहरु बिच अन्तरद्धन्द्ध सृजना गर्दछ । यस कुरामा पनि महासंघ पदाधिकारीहरु नै जिम्मेबारी हुनु हुन्छ । तपाईहरु बिना कसरी यस्ता कुरा बाहिर आयो तसर्थ यसबाट समस्या सुजना भएमा जवाफदेहिता हुनको लागि महासंघ प्रदेश पदाधिकारी दोषि देखिएका छन् । महासंघका अध्यक्ष लिलाबल्भव घिमिरेले समस्याको समाधान गर्न चौतारीले दिएका यो ज्ञापन पत्रले महासंघ झन सहज हुने बताएका छन् । सहकार्य गरी अघिबढ्ने र सहमतिमा जान सकिने बताए । यसै गरी महासंघका महासचिब बिवेक गौतमले सतप्रतिशत मापदण्ड पुरा गर्दा महासंघ नै रितिने भएको हुदा नरमकरम तर्फ लाग्नु पर्ने बताएका छन् । अहिले सम्म महासंघले गरेका गतिबिधीबारे महासचिब गौतमले चौतारी मण्डललाई जानकारी गराए । ध्यानार्कषण ज्ञापन पत्र बुझाउने कार्यक्रममा चौतारीको प्रतिनिधीत्व रुपमा धनकुटा जिल्ला शाखाका अध्यक्ष रबिन कटटेल, मोरगं जिल्ला शाखाका अध्यक्ष सुदिप कौइराला, पुर्ब अध्यक्ष तथा अग्रज पत्रकार माधब अधिकारी लगायतको समुहले ज्ञापन पत्र बुझाएको छ । प्रदेस सदस्य सन्तोष सिग्देलले ध्यानाकर्षण पत्र बाचन गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न