Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विश्वकप क्रिकेट छनोट प्ले अफ: युएईमाथि नेपालको जित

2023 Jul 2 10:10 PM 15

विज्ञापन

Birat Cancer Hospital
विश्वकप क्रिकेट छनोट प्ले अफ: युएईमाथि नेपालको जित
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो ।
एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उकासेका हुन् । यी दुईले आठौँ विकेटका लागि अविजित ७९ रनको साझेदारी गरेका थिए । ऐरीले ७९ तथा लामिछानेले २३ रन बनाए । नेपालको सुरुआती ब्याटिङ आज निराशाजनक रह्यो । कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अङ्क बटुल्न सकेनन् ।
दश टोली सम्मिलित आईसीसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ स्थान बनाउन आज युएईसँग प्रतिस्पर्धा गरेको हो । अब नेपालले मङ्गलबार सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
आज भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले युएईलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।
युएईका नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त भएपछि वृत्य अरविन्दले कप्तानी गरेका थिए । युएईका सुरुआती ब्याटर आसिफ खान शून्यमा आउट भएपछि अर्का सुरुआती ब्याटर अर्यान्स शर्माले कप्तान अरविन्दसँग मिलेर ६८ रनको साझेदारी गरेका थिए ।
सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट २८ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए भने युएईका लागि सबैभन्दा बढी ४४ रन बनाएका अरविन्द पनि गुल्शन झाबाट बोल्ड भए । युएईका रमिज शहजाद १० रनमा आउट भए । त्यसपछि रोहन मुस्तफा र बसिल हमिदले फेरि पाँचौँ विकेटका लागि ५८ रनको साझेदारी गरे । मुस्तफा ३५ तथा हमिद २९ रनमा आउट भए । समग्रमा युएई ४६।५ ओभरमा १८१ रनमा अलआउट भयो ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३र३ विकेट लिए । त्यस्तै प्रतिश जिसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए । आजको खेलमा अविजित ७९ रन बनाउँदै र बलिङमा एक विकेट लिन सफल दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो