Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङमा अविरल वर्षाबाट हुने जोखिम कम गर्न पूर्वतयारी

2023 Jul 3 7:11 PM 25

विज्ञापन

Birat Cancer Hospital
मोरङमा अविरल वर्षाबाट हुने जोखिम कम गर्न पूर्वतयारी
विराटनगर । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् ।
तीन दिन कोशी र मधेस प्रदेशको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि तथा पर्यटनलगायत क्षेत्र प्रभावित हुने देखिएको जल तथा मौसम विज्ञान विभाग कार्यालयको बुलेटिनलाई उद्रित गर्दै मौसम विज्ञ रामबाबु मिश्रले बताउनुभयो । उहाँले ग्रेगान बहाव ९खहरे खोलामा आउने० बाढीपहिरो, भूक्षयका कारण हुनसक्ने जोखिम बाँच्न र क्षति कम गर्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
सम्भावित हुनसक्ने क्षतिलाई रोक्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केही दिन अगाडि नै पूर्वतयारी थालिसकेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो ।'जिल्लाभित्रका सत्रवटै पालिका प्रमुख, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायसँग विपद् व्यवस्थापनको विषयमा गम्भीर छलफल गरेका छौँ' उहाँले भन्नुभयो, 'सबै निकाय पूर्वतयारीमा जुटिसकेका छन् ।' बाढीपहिरोबाट विस्थापित हुने परिवारका लागि अस्थायी वासस्थानको व्यवस्थाका लागि तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
प्रजिअ यादवका अनुसार जिल्लामा ठूला साना गरी दर्जनौँ खोला छन् । जसमध्ये चिसाङ, बक्राहा, लोहन्द्रा, बूढीखोला, गछिया, सिङ्घीया र केसलिया हुन् । बेलबारी नगरपालिकाको दुईतर्फ सिमानामा लोहन्द्रा र चिसाङ खोला छन् ।
वर्षाको समयमा लोहन्द्रा र चिसाङ खोलाले स्थानीयलाई आतङ्कित बनाउने गरेको बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले बताउनुभयो । 'खोला किनारमा ढुङ्गा जाली नगरेको ठाउँमा खोलाले बढी क्षति गर्ने गरेको छ', उहाँले भन्नुभयो, 'ढुङ्गा जाली नगरेको क्षति हुने ठाउँमा नगरपालिकाले बाँसबाट पक्युपाइन गरेको छ ।' उहाँका अनुसार बेलबारी नगरपालिका विपद् व्यवस्थापन पूर्व तयारीमा लागिसकेको छ ।
'सम्भावित विपद् आउनसक्ने ठाउँमा सम्पूर्ण सुरक्षाका साधन तयारी अवस्थामा राखिसकेका छौँ', सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार गुरागाईँले भन्नुभयो । पालिकाको दुई सिमानामा पर्ने  लोहन्द्रा र बूढी खोलामा बाढी आउन सक्ने भएकाले सर्तकताका लागि स्थानीयलाई उहाँले अनुरोध पनि गर्नुभयो । उहाँका अनुसार खोलाको जोखिमपूर्ण ठाउँमा गतवर्ष एक हजार दुुई सय ५० मिटरमा ढुङ्गा जाली गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?