Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक: मुख्यमन्त्री कार्की

2023 Jul 4 7:08 PM 15

विज्ञापन

Birat Cancer Hospital
ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । मंगलवारदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उहाँले बर्सेनि हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, 'यातायात व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रबीच आपसी सहकार्य गरी काम गर्नसकेमा दुर्घटना कारण वर्सेनि हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ ।' मुख्यमन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै सङ्घीय कानुनको अभावमा प्रदेश सरकार आफैँले गर्नुपर्ने कतिपय कार्य पनि गर्न नसकेको जानकारी दिनुभयो । अघिल्ला वर्षहरूको तुलनामा चालु वर्षमा कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनमा सुधार आएको दाबी गर्दै उहाँले भन्नुभयो, 'आगामी वर्षमा थप सुधार हुने गरी काम गर्नुपर्छ ।' मुख्यमन्त्री कार्की आजै आरआरएन नामक एक गैरसरकारी संस्थाबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमप्रति समुदायको उत्थानसील सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपको जोखिम रहेको अवगत गराउनुभयो । जलवायुजन्य विपद्अन्तर्गत बाढी र पहिरोको जोखिम बढीरहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पष्ट पार्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायले पूर्वतयारीमा बढी जोड दिनुपर्ने सुझाव दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो