Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विपद् रोकथाम तथा उद्धारका लागि कोशी प्रदेशसहित देशभरका ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन

2023 Jul 6 9:25 AM 25

विज्ञापन

Birat Cancer Hospital
विपद् रोकथाम तथा उद्धारका लागि कोशी प्रदेशसहित देशभरका ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन
विराटनगर- मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का लागि सरकारले देशभरका मुख्य ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन गरेको छ । विपदमा आवश्यक खोज, उद्धार तथा पुनर्स्थापना र राहतका लागि आवश्यक पूर्वतयारी गरेको गृह मन्त्रालयले जनाएको हाे । उद्धार तथा राहत व्यवस्थापनका लागि काठमाण्डौ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला गरी ११ ठाउँमा यो तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । यी मानवीय सहायतास्थलबाट आवश्यक क्षेत्रमा राहत पुर्याइनेछ । विभिन्न ११ ठाउँमा पाँच हजारभन्दा धेरै टेन्ट, झण्डै १० हजार थान तारकुलिन (छाना), झण्डै ५ हजार थान ब्ल्याङ्केट र झुल तयारी अवस्थामा छ । विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन सरकारले राष्ट्रिय प्रतिकार्य कार्यढाँचा २०७५ तयार गरी विभिन्न ११ वटा मन्त्रालय सहभागी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्ययोजना तयार गरेको थियो । बाढीपहिरोबाट राष्ट्रिय राजमार्ग अवरुद्ध भए तत्काल सञ्चालनका लागि सेनाले चार वटा बेलिब्रिज तयारी अवस्थामा राखेको छ । मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरिएको र यसमा मुख्य भूमिका भने पालिकाको हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताउनुभएको छ । विपदमा प्रभावित भएकाहरुलाई तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न पनि उहाँको आग्रह छ । नेपालमा हरेक वर्ष मनसुनमा जनधनको ठूलो क्षति हुँदै आएको छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ । साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?