Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गौतमबुद्धको मावली कोलिया दरबार क्षेत्रमा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना

2023 Jul 7 8:45 PM 26

विज्ञापन

Birat Cancer Hospital
गौतमबुद्धको मावली कोलिया दरबार क्षेत्रमा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना
लुम्बिनी । गौतमबुद्धको मावली क्षेत्र रूपन्देहीको देवदहमा प्राचीन इनार र मध्यकालीन अवशेषहरू फेला परेका छन्। कोलिय गणराज्यको दरबारक्षेत्र दाबी गरिएको देवदह खयरडाँडामा लुम्बिनी विकास कोषले गत जेठ १७ गतेदेखि उत्खनन् थालेको थियो। उत्खननको क्रममा कोलिय गणराज्यको दरबार क्षेत्र रहेको भन्ने दाबीलाई थप बलियो बनाउने गरी प्राचीन इनार र मध्यकालीन अवशेषहरू भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए। उप्रेतीको नेतृत्वमा पुरातत्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा उत्खनन कार्यमा खटिएका थिए। उप्रेतीले जेठ १७ गतेदेखि असार १५ गतेसम्म गरिएको उत्खननको क्रममा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको बताए। उप्रेतीका अनुसार सो क्रममा प्राचीन इनारसँगै धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका प्रशस्त इट्टा, माटोको दीयोहरू भेटिएका छन्। ‘प्राचीन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साइजका इट्टा भेटिएको छ,’ पुरातात्वविद् उप्रेतीले भने,‘मध्यकालीनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ।’ उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दीयोको पिँध, इट्टाहरू प्रशस्त भेटिएको आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यान केन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ। स्थानीयहरूले भने देवदह ९ घोडाहास्थित खयरडाँडा क्षेत्र नै गौतमबुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र भएको बताउँदै आएका छन्। उत्खननमा केही प्राचीन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दीयोहरू प्रशस्त भेटिएकाले देवदहको दाबीलाई बल पुगेको बताइन्छ। तर, प्राचीन कोलिय गणराज्यको राजधानी देवदह क्षेत्रको यकिन पुष्टिका लागि भने ठूलो मात्रामा उत्खननको आवश्यकता रहेको विज्ञहरूको बताउँछन्। लामो समयपछि कोषका तर्फबाट उत्खनन् सुरूआत भएकाले देवदहको खोजीका लागि ठूलो आकारको उत्खनन् आवश्यक पर्ने पुरातत्वविद् उप्रेतीको भनाइ छ। देवदह क्षेत्रमा उत्खननको माग भए पनि हुन सकेको थिएन। देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि बल्ल देवदहको उत्खननले प्राथमिकता पाएको हो। कोषाध्यक्ष भट्टराईले उत्खननले प्राचीन इनार र भग्नावशेषहरू फेला परेर देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण जुटाएको बताए। उनले स्थानीयहरूले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताए पनि उत्खननले प्राचीन क्षेत्रको रूपमा पुष्टि गरेको बताए। देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरिसकेका छन्। त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए। देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन् तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पुरातात्विक क्षेत्रको उत्खननलाई निरन्तरता दिने उल्लेख गरेको छ। देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब खरेलले उत्खननबाट प्राप्त भएका पुरातात्विक वस्तुहरूलाई संरक्षण गर्नका लागि संग्रहालय निर्माण गरिने बताए।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?