Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार:अध्यक्ष ओली

2023 Jul 7 8:58 PM 5

विज्ञापन

Biratkhavar
समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार:अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’मा उहाँले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताउनुभयो “सत्तापक्षले संसद्मा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उहाँले भन्नुभयो ।अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन ।” ललितानिवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, “ललिता निवास प्रकरणमा को–को दोषी छन्, छानबिन गरे हुन्छ । त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।”अहिले पनि सङ्घर्षको आवश्यकता नटरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नचाहेर पनि हामीमाथि दमन हुन्छ र हामी त्यसको प्रतिवादमा उत्रिनुपर्छ ।” अध्यक्ष ओलीले लोकतन्त्रका नाममा अराजक, हिंसात्मक क्रियाकलाप भइरहेको उल्लेख गर्दै एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताउनुभयो । उहाँले देशलाई अलमल पार्नका लागि अनेक खालका भ्रम फिजाइएको उल्लेख गर्दै त्यो भ्रमका विरुद्ध एमाले सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपालको सामाजिक परिवर्तनमा विद्यार्थीको भूमिका असाधारण रहेको भन्दै उहाँले देशमा न्याय, समृद्धि विकास, शिक्षा र विकास सबै कुराका लागि विद्यार्थीले ज्यान दिएको बताउनुभयो । नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनी राज नभएकाले मुलुक संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले दुई–दुई वर्षसम्म किन संवैधानिक परिषद्को बैठक भन्दै न्यायलयमाथि खेलवाड गरिएको टिप्पणी गर्नुभयो । अनेरास्ववियुका अध्यक्ष समिक वडालले मुलुकको ठूलो राजनीतिक परिवर्तनमा विद्यार्थी भूमिका महत्त्वपूर्ण रहेको भन्दै विद्यार्थी शैक्षिक आन्दोलनमा मात्र नभएर मुलुकको परिवर्तनका लागि अघि बढ्ने बताउनुभयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु