Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रचण्डको स्पष्टीकरण : त्यो नभनेको भए हुन्थ्यो, थोरै भावनामा आएँ

2023 Jul 10 5:58 PM 6

विज्ञापन

Biratkhavar
प्रचण्डको स्पष्टीकरण : त्यो नभनेको भए हुन्थ्यो, थोरै भावनामा आएँ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको भनाइ कोट गर्दैमा सबै योगदान सकियो त भन्दै प्रश्न उठाएका छन् । भारतका प्रितम सिंहले आफूलाई तपाईँ प्रधानमन्त्री बन्नुपर्छ भनेको प्रसंग उठाउँदा आफ्नो राष्ट्रियताको मान्यता र कन्भिक्सनमा प्रश्न उठाइएको गुनासो गरे । “म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि, कहिले दिमाग अगाडि हुन्छ,” प्रचण्डले भने, “दिमाग अगाडि हुँदा विज्ञानका विषय बोल्छु, मन अगाडि हुँदा, आवेग, भावना हुन्छ । यही हो प्रचण्ड । यो सदनका अगाडि योभन्दा बढी म के भन्न सक्छु रु” उनले भावनाले चल्दैन भन्ने बुझ्दाबुझ्नै पनि कहिलेकाँही मनले जितेर भावनात्मक हुने गरेको बताए । उनले संसद्मा आत्मसमीक्षा गर्दै आफ्ना कमजोरी स्वीकार गरे । उनले प्रितम सिंहका विषयमा लेखिएको पुस्तकका विषयमा दिएको अभिव्यक्तिको प्रसंग यसरी सुनाएका थिए । “११ वर्षअघिको कुरा हो । मेरी छोरी ज्ञानु जटिल अवस्थामा पुगेर दिल्लीमा उपचारका लागि लगिएको थियो । त्यसबेला प्रितम सिंहले ठूलो सहयोग गर्नुभएको थियो । उहाँले बेडबाट उठ्न नसक्ने भएकी छोरीलाई आफ्नो फ्ल्याटमा लगेर राख्नुभएको थियो,” छोरी ज्ञानुलाई उपचारका लागि दिल्ली लगेको प्रसंग सम्झँदै प्रधानमन्त्रीले भने, “त्यसबेला उहाँले मलाई प्रधानमन्त्री तपाईँ नै बन्नुपर्छ भन्नुभएको थियो । मैले उहाँलाई सद्भावका लागि धन्यवाद भनेको थिएँ । किनभने, त्यहाँभन्दा बढी कुरा गर्नुको कुनै औचित्य पनि थिएन ।” उनले ११ वर्षअघि प्रितम सिंहले लगाएको गुन र भावनात्मक विषय स्मरण गर्दा त्यसको गलत अर्थ लागेको बताए । 'राम्रा काम सम्झँदै गर्दा उहाँले त्यसबेला भनेको भावनात्मक कुरा सम्झिएँ । उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ, मसँग यसो भन्नुभएको थियो भनेर सम्झिएँ । र, त्यही कुरा मैले त्यहाँ भनेको हुँ,' उनले भने, 'प्रधानमन्त्रीका रुपमा मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । तर, मैले त्यो छोरी उठ्न नसक्ने भएको बेड सम्झिएँ । म प्रधानमन्त्री भएरभन्दा पनि ज्ञानुका बा भएर बोलेको थिएँ ।' उनले आफू भावनात्मक भएर त्यस्तो बोल्न पुगेको र भावनात्मक हुने कुरा आफ्नो वास्तविकता भएको बताए । 'म अलिक भावनात्मक छु, सेन्टिमेन्टल पनि छु । नहुुनुपथ्र्यो, तर, के गर्नुहुन्छ, प्रचण्ड भनेकै यस्तै छु त १,' प्रचण्डले भने ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु