Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मिटरब्याजसम्बन्धी नयाँ विधेयक तत्काल ल्याउन एमालेको माग

2023 Jul 16 12:11 AM 23

विज्ञापन

Birat Cancer Hospital
मिटरब्याजसम्बन्धी नयाँ विधेयक तत्काल ल्याउन एमालेको माग
काठमाडौं । नेकपा (एमाले)ले अनुचित लेनदेन ९मिटरब्याज०सम्बन्धी कसुरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन तत्काल सरकारसँग माग गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुन नसकेर निस्क्रिय भएको टिप्पणी गर्नुभयो । यस्तै बैठकले पार्टीको बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ । सदस्यता नवीकरण साउन १५ गतेसम्म उपमहासचिव ज्ञवालीका अनुसार बैठकले पार्टी सदस्यता नवीकरणको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने अघिल्लो निर्णयलाई बढाएर साउन १५ गतेसम्म सदस्यता अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने निर्णय गरेको छ । सदस्यता नवीकरण सकेपछि प्रदेश अधिवेशनको तयारीमा लाग्ने निर्णयसमेत पार्टीले गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यस्तै बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको निर्वाचनको पर्यवेक्षकका लागि भ्रमण गर्ने निर्णयसमेत गरेको छ । बैठकले नेपालको विकासमा सहयोगी हुनसक्ने अमेरिकालगायत अन्य विकसित राष्ट्रबाट प्राप्त हुने सहयोगलाई पनि व्यवस्थितरूपमा राष्ट्र हितमा लगाउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० समयमा नै सक्ने आग्रह गरेको छ । बैठकले समसामयिक प्रस्ताव पारित गर्दै कोशी प्रदेशसभा सभामुख प्रदेश सरकार गठन गर्ने या हटाउनेमा स्वयं संलग्न हुनेजस्ता क्रियाकलापले लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको प्रहार भएको ठहर गरेको छ । यसैगरी बैठकले देशैभरि फैलिएको लम्पी स्किन रोगबाट धेरै पशु मरिसकेको भन्दै लम्पी स्किन रोगको रोकथाम गर्न प्रभावकारी कदम चाल्न, किसानलाई बीमा रकम भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत दिन माग गरेको छ । यसैगरी बैठकले प्राकृतिक विपत्तिसँग जुझ्ने सरकारको प्रतिकार्यको तयारी असाध्यै फितलो, निष्प्रभावी र सुस्त देखिएको भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई प्राकृतिक विपत्तिका बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका काममा तत्काल खटिन आह्वान गरेको छ । विश्वविद्यालयमाथि सत्ता संरक्षित विद्यार्थी सङ्गठनबाट भइरहेको निरन्तरको हस्तक्षेप, तालाबन्दी र अराजकताप्रति पार्टी गम्भीर भएको बैकठले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?