Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पछिल्लो समय महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

2023 Jul 17 6:03 AM 30

विज्ञापन

Birat Cancer Hospital
पछिल्लो समय महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो
फुङ्लिङ । ताप्लेजुङमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताउनुभयो । बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अमिताभ ठाकुर नेतृत्वमा आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भीर समस्या देखिएका पाँच जनाको शल्यक्रिया गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो । शल्यक्रिया गरिएका बिरामीलाई जिल्ला अस्पताल ताप्लेजुङका चिकित्सकको निगारानीपछि घर पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । नगर उपप्रमुख ओझाका अनुसार फक्ताङ्लुङ गाउँपालिकाका एकजना र फुङ्लिङ नगरपालिकाका छ जना गरी सात जना बिरामीको शल्यक्रियाको तयारी गरिएको थियो । “एकजनाको रक्तचापमा समस्या देखिएको र एकजनाको घाउसहितको सङ्क्रमण देखिएकाले घाउ नसुकी शल्यक्रिया सम्भव नहुने चिकित्सकले बताएपछि उहाँहरुको पाठेघरको शल्यक्रिया हुन नसकेको हो”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँहरुको उपचार गरिने उहाँको भनाइ थियो । नगरपालिकाको लामो प्रयासपछि शिविर सम्भव भएको भन्दै उपप्रमुख ओझाले चालु आर्थिक वर्षको बजेटममार्फत शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य निर्देशनालय धनकुटालगायत स्थानीय नागरिलाई शिविर सफलतापूर्वक सम्पन्न गरेकोमा आभार व्यक्त गर्नुभयो । महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुने भएकाले समयसमयमा उपचार गरी परामर्श लिनुपर्ने शिविरमा संलग्न चिकित्सको भनाइ छ । पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयमा ट्युमर, डिम्बाशयमा सिस्ट ९डल्लो० पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको सङ्क्रमणलगायत समस्या महिलामा देखिने गरेको चिकित्सकको भनाइ छ । जिल्ला अस्पतालका एमडिजिपी डा महेश्वर गोसाँइले महिलाले वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्ने, महिनावारीको समयमा प्रयोग गरिने प्याड लामो समयसम्म प्रयोग गर्न नहुने, दैनिक कपडा परिवर्तन गर्नुपर्ने, यौनी बाहिरको भाग सफा र सुख्खा राख्नुपर्नेलगायत सल्लाह दिएको बताउनुभयो । नियमित व्यायामले पाठेघरलाई स्वस्थ बनाउन मद्दत गर्ने उहाँको भनाइ थियो । खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिँदा धेरै रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न