Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एसीसी इमर्जिङ कप क्रिकेट: समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेल युएईसँग खेल्ने

2023 Jul 18 6:14 AM 23

विज्ञापन

Birat Cancer Hospital
एसीसी इमर्जिङ कप क्रिकेट: समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेल युएईसँग खेल्ने
काठमाडौं । लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ ।अघिल्लो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो । योसँगै नेपाल इमर्जिङ कमबाट बाहिरिएको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४० औँ ओभरमा १ सय ६७ रन बनाएर अलआउट भएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले ६५ र गुल्सन झाले ३८ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । आज बङ्गलादेश ए र अफगानिस्तान ए तथा श्रीलङ्का ए र ओमान एबीचका खेल हुँदैछन् । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?