Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा

2023 Jul 18 9:51 AM 23

विज्ञापन

Birat Cancer Hospital
अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा
पाँचथर।अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो । लामो समय मेची राजमार्ग अवरुद्ध हँुदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हँुदै आएको थियो । ताप्लेजुङदेखि पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो । वारिबाट तुइन र फड्के पुल तरेर खोलापारि पुगेर अर्को गाडी खोजेर अन्य जिल्ला जानुपर्ने बाध्यता थियो ।
ताप्लेजुङमा आवश्यक दैनिक सामग्री ढुवानी हुन नसक्दा खाना पकाउने ग्यास, पेट्रोलिय पर्दाथलगायत आवश्यक खाद्यान्न पदार्थको अभाव झेल्नुपरेको थियो । सवारी साधनको आवागमन नहुँदा ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री प्रभावित हुँदै आएका थिए ।
वैकल्पिकरूपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरी सवारी साधनको सहज आवतजावत भइरहेकोमा आइतबार साँझदेखि बेलिब्रिज सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुङ्गेलले बताउनुभयो ।
बेलिब्रिजबाट आज साना सवारी साधनलाई प्राथमिकतामा राखी पुल पार गराइएको थियो । विस्तारै ठूला सवारी साधन सञ्चालन गरिने भएको हुँदा अनावश्यकरूपमा सडक जाम नगरिदिन जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रहसमेत गरेको छ ।
प्रहरीका अनुसार पुलबाट एकतर्फी मात्र सवारी आवतजावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गरी पुलको प्रयोग हुनेछ । पुलको किनारमा सुरक्षा जोखिम रहेको हँुदा पैदल भई सो पुलको प्रयोग गर्दा विशेष ध्यान पु¥याउन हुन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिनका लागि जिल्ला प्रशासन कार्यालय पाँचथरले आग्रह गरेको छ ।
बेलिब्रिजमा तोकिएको भारवहन क्षमता ९२५ टनसम्म० भन्दा बढी भारवहन गरी ढुवानी गर्न नमिल्ने भएको हुँदा तोकिएको भारवहन भएको सवारी मात्र आवतजावत र ढुवानी गर्न सकिने पाँचथरमा रहेको साम्दिन आर्मी क्याम्पका सहायक सेनानी मेखविक्रम राईले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?