Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संघीय संसद र सातै प्रदेशका सभामुख-उपसभामुख काठमाडौंमा

2023 Jul 22 7:50 AM 43

विज्ञापन

Birat Cancer Hospital
संघीय संसद र सातै प्रदेशका सभामुख-उपसभामुख काठमाडौंमा
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्ले बनाएका कानुनहरूले जनअपेक्षाको सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनु भएको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रवार संघीय संसद र सातै प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको अवसरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । जनताका अपेक्षा पूरा गर्न संघदेखि तलसम्म प्रभावकारी छलफल हुन आवश्यक रहेको पनि उहाँले बताउनु भयो । संसदले बनाएका विधेयकमार्फत कानुन बनेर देशमा शासन चल्ने भएकाले यस्तो अवस्थामा जनताका अपेक्षा सम्बोधन गर्ने चुनौती रहेको उहाँको भनाइ थियो । सभामुख घिमिरेले पुनः भन्नुभयो, ‘हामीले सिर्जनशील ढंगबाट सोच्ने बेला भइसकेको छ। हामी भारत र बेलायतबाट धेरै सिक्न सक्छौं।’ घिमिरेले जनताको जीवनलाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दिशामा संसद्मा छलफल हुनुपर्नेमा जोड दिनु भयो । संघीयताबारे प्रश्न उठिरहेको जनाउँदै उहाँले ‘अहिले विभिन्न क्षेत्रबाट संघीयता उचित थिएन कि जनताका माग सम्बोधन भएनन् कि भन्ने कुरा आएका छन्’ भन्नुभयो । उहाँले संघीयता र जनताका माग सम्बोधन सम्बन्धमा संघीय संसद तथा प्रदेशसभामा छलफल चलाउनु पर्नेमा जोड दिनु भयो । जनअपेक्षा सम्बोधन गर्ने उपाय खोज्नुपर्ने बताउँदै जनताका अपेक्षा पूरा गर्न संघदेखि तलसम्म प्रभावकारी छलफल हुन आवश्यक रहेको सभामुख घिमिरेले जनाउनु भयो । उहाँले भन्नुभयो, ‘कानुन बनाउने र सरकारको दायित्व के हुने छलफल हुनुपर्छ, हामी त्यसकै लागि संघ र प्रदेशका अनुभवबारे छलफल गर्दैछौं ।’ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा निष्पक्ष भएर सभाध्यक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । सभामुख तथा उपसभामुखले दलीय चिन्तनलाई विर्सिएर आफ्नो कर्तव्य पालना गरेमा जनविश्वाश बढ्ने उहाँको भनाइ थियो । कार्यक्रममा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार, सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापा, बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकलगायतले प्रदेशसभाका अनुभव तथा चुनौती सुनाउनु भयो । संघ र प्रदेशसभाका सभामुख र उपसभामुखबीच घनिभूत छलफल गरी केही महत्वपूर्ण विषयमा साझा रणनीति पनि बनाएर अघि बढ्ने उद्देश्यका साथ संघीय संसद सचिवालयले साझा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । दुई दिने अन्तरक्रिया कार्यक्रमअन्तर्गत पहिलो दिन औपचारिक कार्यक्रम भयो । दोस्रो दिन शनिवार सबै पक्षबीच साझा छलफल गरेर एक निष्कर्ष निकालिने छ । यस्तै गहन निष्कर्षका लागि सभामुखहरुबीच छुट्टै र उपसभामुखहरुबीच पनि छु्ट्टै छलफल हुनेछ । यस्तै संघ र प्रदेशका सचिवहरुबीच पनि छुट्टै छलफल हुने जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला