Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुर्गम किमाथांकामा पहिलोपटक जिएसएम सेवा

2023 Jul 23 8:29 AM 22

विज्ञापन

Birat Cancer Hospital
दुर्गम किमाथांकामा पहिलोपटक जिएसएम सेवा
किमाथांका । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम ९टुजी० सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकूल मौसम तथा कठिन भूगोल भएका कारण सेवा सञ्चालमा समय लागेको हो । भोटखोलाका केही क्षेत्रका स्थानीयले नेपाल टेलिकमको सिडिएमए सेवा र चिनियाँ सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । टेलिकमले जिएसएम सेवा सञ्चालन गरेपछि किमाथाङ्कानाकामा स्थानीयले खुसी व्यक्त गरेका छन् । भोटखोला–२ को सिम्बोक्पडाँडामा रिपिटर टावर निर्माण गरेर चाँडै फोरजी सेवा विस्तार गरिने प्रमुख राईले बताउनुभयो । भोटखोला सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्दछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?