Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा

2023 Jul 24 6:19 AM 15

विज्ञापन

Birat Cancer Hospital
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु बिरामीको चाप बढ्दै गएपछि छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ ।प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले आइतबारदेखि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार हाल ३० बेडको डेंगु अस्पताल सञ्चालनमा आएको छ । यसअघि कोरोना संक्रमितको उपचारका लागि बनाइएको डेडिकेटेड अस्पताललाई आइतबारदेखि डेंगु संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको हो । पछिल्ला दिनमा आकस्मिक कक्षमा मात्रै ७० प्रतिशत डेंगुका बिरामीले भरिन थालेका छन् । ‘पछिल्लामा दिनमा बिरामी आकस्मिक कक्ष र वार्डमा भर्ना हुने क्रम बढिरहेको छ । अन्य रोगको सेवा नै प्रभावित हुन थालेपछि छुट्टै डेंगु डेडिकेटेड अस्पतालमा सञ्चालनमा ल्याएका हौं,’ डा। पोखरेलले अनलाइनखबरसँग भने, ‘आवश्यकताको आधारमा सय बेडसम्म क्षमता विस्तार गर्न सक्छौं ।’ उनका अनुसार डेंगु संक्रमितको चाप बढ्दै गएपछि अस्पतालले बिरामीको स्थितिलाई हेरेर मात्रै थप उपचारका लागि भर्ना गर्ने गरेको छ ।डेंगु संक्रमित बढेसँगै धरान उपमहानगरपालिका र प्रतिष्ठानको सहकार्यमा २९ असारदेखि क्लिनिक सञ्चालनमा ल्याएको छ । क्लिनिक सञ्चालनमा आएदेखि शनिबारसम्म ८१९ जनाको परीक्षण हुँदा ६१५ जनामा डेंगु पुष्टि भएको छ । जुन कुल संख्याको ७५ प्रतिशत हो । ‘हामीले थप उपचार गर्नुपर्ने बिरामीलाई मात्रै वार्डमा भर्ना गर्ने गछौं । संक्रमितलाई थप जटिलता देखिए आइसीयूमा राखेर उपचार गरिरहेका छौं । हालसम्म डेंगु संक्रमित चार जनाको मृत्यु भइसकेको छ,’ डा। पोखरेलले भने । उनका अनुसार साउन २ मा धरान–११ का ७९ वर्षीय पुरुष र धरान–१८ का ८४ वर्षीया महिलाको डेंगु संक्रमितको मृत्यु भएको छ । त्यसैगरी, यसअघि जेठ २३ गते ३० वर्षीया र असार १५ मा ४० वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरेलका अनुसार मृत्यु भएका एक जनाबाहेकमा उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग पनि देखिएको थियो । गत असारदेखि आकस्मिक कक्ष तथा वार्डमा गरी ४४८ भन्दा बढीले भर्ना भएर उपचार लिएका छन् । त्यसमध्ये २८५ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी, अहिले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी पनि डेंगु संक्रमित भएका छन् । पछिल्लो सातामा मात्रै झण्डै ६० जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएको पोखरेलले जनाकारी दिए । ‘पछिल्ला दिनमा स्वास्थ्यकर्मी समेत पनि संक्रमित हुन थालेपछि अस्पतालको नियमति सेवा पनि प्रभावित हुन थालेको छ । डेडिकेटेड अस्पताल र क्लिनिकमा पनि पर्याप्त जनशक्ति खटाउन समस्या परिरहेको छ,’ डा। पोखरेलले भने । सन् २०१९ मा धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । धरान उपमहानगरपालिकामा मात्रै अहिलेसम्म संक्रमित संख्या ३ हजार नाघिसकेको छ । गत वर्ष धरानमा फाट्ट–फुट्ट मात्रै डेंगु संक्रमण देखिएको थियो । तर, यो वर्ष भने प्रकोपको रूप लिइसकेको छ । धरान उपमहानगरपालिका २० वटै वडामा संक्रमण फैलिएको छ । विज्ञहरु भने यो वर्ष धरानमा डेंगुले भयावह निम्ताउने सम्भावना रहेको भन्दै केन्द्र देखि स्थानिय सरकारले तत्काल नियन्त्रणका लाग्नुपर्ने बताउँछन् । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिन्छ । अहिले धरानमा भाडाकुँडा, ड्रम, ट्यांकीमा पानी नछोपी राख्दा डेंगु फैलिरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो