Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यी हुन् विदेश जाने नेपालीले भन्सार नतिरी लैजान पाउने मालसामान

2023 Jul 24 3:44 PM 7

विज्ञापन

Biratkhavar
यी हुन् विदेश जाने नेपालीले भन्सार नतिरी लैजान पाउने मालसामान
काठमाडौं । हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् रु कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ । यो स्वाभाविक पनि हो । किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल फर्किँदा सामान ल्याउँछन्। ब्रान्ड र मूल्यका हिसाबले पनि गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने हाम्रो धारणा छ। यो धारणा गलत पनि होइन। विदेशबाट फर्किने नेपालीले सामान ल्याएँझैँ नेपालबाट विदेश जाँदा पनि कतिपयले सामान लैजान्छन्। तर तपाईंलाई थाहा नहुन सक्छ कि विदेश जाँदा पनि सामान लैजान पाइन्छ, जसमा भन्सारशुल्क छुट हुन्छ या सरकारले तोकेअनुसार शुल्क तिरेर लैजान्छ सकिन्छ। त्यसोभए विदेश जाने नेपाली के–के सामान लैजान पाउँछन् रु यसबारे कस्तो प्रावधान छ रु कुन–कुन सामानमा भन्सार छुट हुन्छ रु यहाँबाट थाहा पाउन सक्नुहुनेछ । नेपाल राजपत्र भाग–५ मा उल्लेख भएअनुसार नेपालीले लुगाफाटो, बरबिछ्यौना, घर–गृहस्थीका पुराना समाना, औषधिलगायत सामान बिनाभन्सार लैजान पाउँछन्। यसैगरी, पुरुषले सुन २५ ग्राम र महिलाले ५० गमसम्म लैजान पाउँछन्। यसैगरी ५०० ग्रामसम्म चाँदी र एक लाख रुपैयाँबराबरको जवाहिरात जडित सुनचाँदीका गहना लैजान पाउँछन्। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गई लगातार ६ महिनासम्म काम गरी फर्केका श्रमिकले दुई थान नयाँ मोबाइल ल्याउँदा भन्सारशुल्क तिर्नुनपर्ने प्रावधान छ । यही प्रावधान श्रमिकले लैजाँदा पनि लागू हुन्छ । ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा र मोबाइल फोन एक–एक थान लैजाँदा कुनै भन्सार लाग्दैन। यसका साथै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान जस्तै, डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायक तथा संगीतकारले गितार, हार्मोनियम तबलजस्ता वाद्यवादन सामग्री लैजाँदा भन्सार पूर्णरुपमा छुट हुन्छ। सात किलोसम्म खाद्य परिकार र एक लिटर मदिरा पनि भन्सार नतिरीकन लैजान सकिन्छ। नेपाली विदेश जाँदा सौगातका रुपमा प्रचलित कानुनबमोजिम निकासी गर्न निषेध गरिएका सामानबाहेक नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालसामान लैजाँदा कुनै महसुल लाग्दैन। तर मूल्य अभिवृद्धि कर लाग्ने सामानमा कर बीजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने सामानमा स्थायी लेखा ९प्यान० नम्बर भएको बीजक पेस गरेमा मूल्यको सीमा बन्देज लागू हुँदैन। यसैगरी सम्बन्धित वायुसेवाले यात्रुलाई साथमै लैजान दिन निश्चित तौलसम्मको नेपाली बजारमा खरिद गरिएका तर कानुनले निषेध नगरेका जुनसुकै मालसामान लैजान चाहेमा आवश्यक कागजात पेस गरी कानुनअनुसारको शुल्क र महसुल तिरी लैजाउन पाउँछन्। यसरी सामान लैजाँदा अग्रिम भुक्तानीको प्रमाणपत्र या प्रतीतपत्र आवश्यक पर्दैन। –क्ष्ल्क्

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु