Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भिर मौरीको मह काढ्ने प्रचलनलाई पर्यटनसँग जोड्ने तयारी

2023 Jul 25 6:10 AM 17

विज्ञापन

Birat Cancer Hospital
भिर मौरीको मह काढ्ने प्रचलनलाई पर्यटनसँग जोड्ने तयारी
खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न  थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ । नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा) ले पर्‍याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भर्‍याङ)बाट अक्करे भिर टेक्ने र समाउने दुवै ठाउँ नभएको अप्ठ्यारो भिरमा समेत गएर जोखिमपूर्ण अवस्थामा मह सिकार गर्ने गर्दै आउनुभएको छ । उहाँहरूको साथमा सुतारे, दोभाषे (कोट भाषामार्फत सहकर्मीलाई जानकारी दिने व्यक्ति) र अन्य दर्जनबढी सहयोगीले पनि साथ दिँदै आएका छन् । पछिल्लो समय अक्करे भिरबाट मौरीको मह सिकार गर्नु साहसिक र मनोरञ्जनको माध्यम बनेकाले युवापुस्ता आकर्षित भएका छन् । परापूर्वकालदेखि आफ्नो परम्परागतरुपमा भिर मौरीको मह सिकार गर्दै आउनुभएका तीर्थमनी र हस्तरामलाई अहिले सोही स्थानका ३५ वर्षीय धनकुमार राई, ३४ वर्षीय धर्मसिं राई, ३१ वर्षीय किशोर राई, २८ वर्षीय तिलक राई, २६ भैराज राई, २२ वर्षीय नैराज राई, २१ वर्षीय चुमाहाङ राई, ३८ वर्षीय किरण राई, ३७ वर्षीय जवानसिं राई, २२ वर्षीय रोशन राई, ३३ वर्षीय विशाल राई, र ३१ वर्षीय हरिध्वज राई साथ दिँदै आउनुभएको छ । उक्त मह लिन राजधानी काठमाडौँलगायत विभिन्न सहरमा बसोबास गर्दै आएका स्थानीयवाससी बेलाबखत  गाउँ फर्किने गरेका छन् । शुक्रबारे फेदी निवासी राजन राईले आफू भिर मौरीको महकै लागि  साथीसँग काठमाडौँबाट गाउँ फर्किएको बताउनुभयो । मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा ९सेफ्टी०, सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भिर मौरीको मह सिकार गरिन्छ । पर्‍याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ । स्थानीय भाषामा मह निकाल्नेलाई पर्‍याङ्गे भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउनेलाई सुतारे भनिन्छ । पर्‍याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुँवा लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ । फेदीका दर्जनबढी भिरमा वर्षौँदेखि भिर मौरी बस्ने गरेको पाइएको छ । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभिर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभिर झरना, तेरावास्थित तेरावाभिरलगायत ठाउँमा वर्षौँ अघिदेखि भिर मौरी बस्दै आएको छ । भिर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भिर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ । धेरै खाँदा मात लाग्ने  भिर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् । फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भिर मौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताउनुभयो  । “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ ।  अहिले युवापुस्ता पनि यसमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई हामीले नै सिकायौँ । युवापुस्ता पेसेवार बन्दा आफूहरुलाई खुसी लागेको छ ।” केपिलासगढी गाउँपालिकाकै वडा नं ७ सुङ्देल र भोजपुरका विभिन्न ठाउँमा भिर मौरीको मह झिक्न जाने गरिएको फेदीका युवा सिकारी किशोरले बताउनुभयो । “ भिर मौरीको महको माग दिनदिनै बढिरहेको छ । माग धान्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “मह काढेकै ठाउँमा एउटा जम्बो बोत्तल ९ड्यूको दुई दशमलव २५ लिटरको बोत्तल०को रु छ हजारमा बिक्री हुन्छ । यसवर्ष भिर मौरीको थोरै पोला भएकाले माग गर्ने सबैलाई पुर्‍याउन सकिएन । एउटा पोलामा कम्तीमा पनि आठ÷दश बोतल मह हुन्छ ।” भिर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्लालगायत गाउँभिरका बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवको रूपमा भेला हुने गरेका छन् । फेदीमा उत्पादित भिर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँ, बेलायत, हङकङ, सिङ्गापुरलगायत ठाउँमा निर्यात हुने गरेको छ । फेदीमा पाइने मह सिकार गर्ने प्रचलनलाई मुन्धुम ट्रेल ९पद मार्ग०सँग जोडेर पर्या–पर्यटनको रूपमा विकास गर्न सकेमा स्थानीय बासिन्दाका लागि ठूलो आम्दानीको स्रोत हुने स्थानीय बासिन्दा एवम् नेकपा ९माओवादी केन्द्र०का युवा नेता लक्ष्मण राई ‘समीप साम्पाङ’ले बताउनुभभयो  । 'भिर मौरीको मह सिकार गर्नुका साथै फेदीमा साहसिक र भरपुर मनोरञ्जन गर्न पाइन्छ । भिर मौरी रहेको स्थान नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धम ट्रेलभन्दा करिब एक घण्टा टाढा ओरालो झरेपछि पुगिन्छ । मुन्धुम ट्रेल आउने पर्यटकलाई एक रात तेरावामा बास बसाएर भोलिपल्ट भिर मौरीको मह सिकार गराउन सकिन्छ”,समिपले भन्नुभयो, “ भिर मौरीको मह सिकार गर्न चाहने पर्यटकका लागि सरकारले विशेष योजना बनाएर पर्यटन प्रवर्द्धन गराउनुपर्छ । यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।” पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण फेदीमा भिरमौरी मासिदै गएको वृद्ध सिकारी तीर्थमानले बताउनुभयो । “पहिले पहिले एउटै भिरमा नौँरदश पोला मैरी हुन्थ्यो । एउटा भिरको मह काढ्न हप्ता दिनसम्म लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले विभिन्न कारणले भिर मौरी घट्दै गएको छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।” भिर मौरीको मह सिकार गर्ने प्रचलनलाई पर्यटनसँग जोड्नेगरी गाउँपालिकाबाटै योजना बनाउने तयारी गरिएको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताउनुभयो। “हामीले भिरमौरी संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाउने तयारी गरेका छौँ । भिर मौरीको महको माग पनि प्रशस्त भएकाले स्थानीय बासिन्दालाई मात्र नभइ गाउँपालिकाका लागिसमेत यसैबाट मनग्गे आम्दानी हुने सम्भावना देखिएको छ”, उहाँले भन्नुभयो, “पराम्परागतरूपमा गरिँदै आएको भिरमौरीको सिकारलाई कसरी परिस्कृत गर्ने भन्नेमा पनि छलफल भइरहेको छ । परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेको पाइयो । यसले अन्य पोला विस्तारमा असर पुगेको हामीले महसुस गरेका छौँ । आगामी दिनमा कम क्षति हुनेगरी सिकार गर्ने उपायसमेत खोज्दै छौँ ।”फेदीका बासिन्दाले उँधौलीको समयमा कात्तिक–मङ्सिर तथा उँभौलीको समयमा जेठ–असारगरी दुईचोटी भिर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा कम्तीमा पनि रु पाँच लाखदेखि रु छ लाखसम्मको मह सिकार हुने गरेको स्थानीय बासिन्दाले बताए । किरात राई ९साम्पाङ० समुदायले भिरमौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कारसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भिरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्छन् । दस स्थानीय तह रहेको खोटाङमा भिर मौरी केपिलासगढी गाउँपालिमामात्र पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भिर मौरीलाई पर्यटनसँग जोड्न सके जिल्लाकै आर्थिक समृद्धिमा टेवा पुग्ने पर्यटन व्यवसायीहरुले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो