Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

श्रावण महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको पूनम राठीको दाबी

2023 Jul 25 6:54 PM 24

विज्ञापन

Birat Cancer Hospital
श्रावण महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको पूनम राठीको दाबी
विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा विराटनगरमा दुई दिने श्रावण महोत्सव सम्पन्न भएको छ । मञ्चले हरेक वर्षको साउन महिनामा गर्दै आएको महोत्सव साउन ५ र ६ गते विराटनगरको अतिथि सदनमा सम्पन्न गरेको हो । चर्चित करेन्ट ब्रान्डका चाउचाउ र स्न्याक्सका उत्पादक यशोदा फुड्स मुख्य प्रायोजक रहेको महोत्सवमा भारतको कोलकाता र बनारसबाट ल्याइएका सारी र कुर्तासुरुवाल, जुत्ताचप्पल, बेकरी, कस्मेटिक सामग्री, फुड कर्नर, राजस्थानमा उत्पादित मसला, बडी, पापड, भुजिया र अन्य खाद्यसामग्री, पूजासामग्री, राखी लगायतका ३० वटा स्टल थिए । मञ्चका अध्यक्ष पूनम राठीले महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको बताइन् । अध्यक्ष राठीले महोत्सवबाट महिला उद्यमीमा व्यक्तित्व, नेतृत्व र व्यावसायिकताको विकास हुने विश्वास व्यक्त गरिन् । राठीले महोत्सवबाट भएको आर्जन बेरोजगार महिलालाई रोजगार बनाउने गरी सीपमूलक तालिम दिन, ८ महिलालाई सीपमूलक तालिम प्रदान गर्न र अपाङ्गता भएका ६ जनालाई कृत्रिम हातखुट्टा वितरण गर्न उपयोग गरिने जानकारी दिइन् । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा अखिल भारतवर्षीय महेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडालाई सम्मान गरिएको थियो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?