Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करणको तयारी गरिँदै

2023 Jul 31 5:54 PM 17

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करणको घोषणासँगै तीव्र तयारी पनि सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो । विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ । आवेदन दिएका मध्ये ९ वटा विद्यालय छनोट हुनेछन् । छनोटपछि ति विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ । पाठ्यक्रममा भएको वा शिक्षक वा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीहरुले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ । ९ विद्यालय र आयोजकको एउटा समेत १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रङ्गमञ्च तर्फ आकर्षित गर्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । ‘विद्यालयले आवेदन दिएमा त्यसपछिको सम्पूर्ण प्रकृयामा हाम्रो निःशुल्क सहयोग हुनेछ’, क्षेत्रीले भने, ‘यो विद्यालय र विद्यार्थी कै लागि रङ्गमञ्च पुग्ने सुनौलो अवसर हो ।’विगतका २ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा यसपटकदेखि अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए । ९ विद्यालय मध्येबाट उत्कृष्ट नाटक र उत्कृष्ट अभिनेता\अभिनेत्रीलाई अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो