Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एकमहिने प्रदेश सरकारका लागि मरिहत्ते, सभामुखलाई राजीनामा गराएर जोगाए प्रचण्डले जागिर 

2023 Aug 1 5:36 PM 22

विज्ञापन

Birat Cancer Hospital
एकमहिने प्रदेश सरकारका लागि मरिहत्ते, सभामुखलाई राजीनामा गराएर जोगाए प्रचण्डले जागिर 
विराटनगर । सर्वोच्चको फैसलापछि ठूलो रस्साकस्सीपछि अन्ततः कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः उद्धब थापा चयन भएका छन् नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई  मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै साँझ पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् । यसअघि थापा सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सो कदम अंसवैधानिक भएको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए । सर्वोेच्चले थापाको नेतृत्वको सरकारलाई बद्धर गरिदिएको थियो । सर्वोच्चको फैसलापछि सत्ताका लागि ठूलो रस्साकसी भयो । अन्ततः थापा पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । उनको मुख्यमन्त्री पद एक महिना भने पक्कापक्की भएको छ । एक पक्षले एक महिने सरकारको लागि मरिहत्ते गरेको टिप्पणी गरेका छन् । यस्तै केही विश्लेषकहरुले सभामुखलाई राजीनामा गराएर प्रचण्डले आफ्नो जागिर जोगाएको विश्लेषण गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?