Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चौकीदार सरुवाको विरोधमा झापा कारागारमा झडप,आगजनी प्रयास र ढुंगामुढा

2023 Aug 4 7:17 PM 23

विज्ञापन

Birat Cancer Hospital
चौकीदार सरुवाको विरोधमा झापा कारागारमा झडप,आगजनी प्रयास र ढुंगामुढा
दमक । जिल्ला कारागार झापाका चौकीदारको सरुवाको विरोधमा कारागारमा झडप भएको छ । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको हो । झडपपछि कैदीबन्दीले कारागार भित्रै टायर बालेर प्रदर्शन गरेका थिए । कारागार भित्रबाट बाहिर ढुंगामुढा पनि गरेका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चार जना कैदीको झापाबाट झुम्का कारागार सरुवाको निर्णय भएको थियो । सरुवाको निर्णय कार्यान्वयन गराउन खोज्दा झडप भएको उनले बताए । ढुंगामुढापछि कारागार भित्रै टायर बालेर पनि प्रदर्शन गरेको उनले बताए । ‘कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा भित्रबाट बाहिर ढुंगामुढा गरे,’ उनले भने,‘ मुढा बनाउनका लागि कारागारमा लगेको टायर बालेर प्रदर्शन गरे ।’ झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको थियो । तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको छ । कारागारबाटै कैदीबन्दी भाग्ने अवस्था बनेपछि कारागारलाई घेरेर केही राउण्ड हवाई फायर पनि गरेको उनले बताए । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको उनले बताए । ‘विभागले सरुवा गरेका मध्ये एउटा मान्छेलाई बाहिर निकालेर लैजान खोज्दा भित्र छापेका ढुंगा उक्काएर बाहिर हाने, भित्रै टायर पनि बाले,’ पोखरेलले भने,‘ सबै तिरबाट घेरेर हवाई फायर पनि गरेर स्थीति नियन्त्रणमा लिइयो, त्यो मान्छेलाई अहिले बस्दै गर भनेर भित्र पठाइयो ।’हवाई फायरको रिपोर्ट आइनसकेको बताउँदै उनले अहिले अवस्था सामान्य रहेको बताए । कैदीबन्दीले भित्रै टायर बालेपछि कारागारभित्रबाट धुँवाको मुस्लो बाहिर निस्कीएको थियो । कैदीबन्दीले बालेको आगो निभाउन प्रहरीले दकमल प्रयोग गरेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?