Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मैले अदालतबाट न्याय पाएँः सांसद सुनील शर्मा

2023 Aug 11 10:31 PM 44

विज्ञापन

Birat Cancer Hospital
मैले अदालतबाट न्याय पाएँः सांसद सुनील शर्मा
काठमाडौं । कांग्रेस सांसद सुनील शर्माले आफूले न्याय पाएको बताएका छन् । जिल्ला अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले आफूले न्यायालयबाट न्याय पाएको बताए । उनले व्यावसायी मीनबहादुर गुरुङ र कांग्रेस नेता बालकृष्ण खाँणले पनि बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने पनि बताए । उनीहरू भगौडा नभएको उनको भनाइ छ । 'न्यायालयले मलाई न्याय दिएको छ । अझ धेरै मान्छेले न्याय पाउन बाँकी छ । अरू मान्छेले पनि न्याय पाउनुपर्छ । मीनबहादुरजस्ता मान्छे भित्रै कस्टडीमा छन् । उनीहरूले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ । बालकृष्ण खाँणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ । किनभने उहाँ भगौडा होइन', उनले भने । शर्माले राज्यसत्तामा टिकिरहन आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको पनि आरोप लगाए । उनले आफूलाई ३० वर्ष पुरानो फाइल खोलेर तेस्रोपटक पक्राउ गरिएको पनि बताए । उनले आफूले आईएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने दाबी गरे । 'सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ । मैले यो मागसहित अनशनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको हो । यो ३० वर्ष पुरानो फाइल मलाई तेस्रोपटक गिरफ्तार गरिएको हो', उनले भने । आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै उनले शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर  गुन तिर्नु भएको बताए । उनले अब कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए । 'माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन', उनले भने । सांसद शर्माले आफूलाई बिनाकारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीले सत्तामा बसिरहन नैतिकताले नदिने पनि बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला