Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धरानमा डेंगु संक्रमण बढ्दो, स्वास्थ्य आपत्काल घोषणा गर्न सिफारिस

2023 Aug 12 6:21 AM 21

विज्ञापन

Birat Cancer Hospital
धरानमा डेंगु संक्रमण बढ्दो, स्वास्थ्य आपत्काल घोषणा गर्न सिफारिस
धरान । डेंगु संक्रमणले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ ।शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरेको हो । धरानमा डेङ्गीको सङ्क्रमण तीव्र बनेकाले स्वास्थ्य आपत्काल घोषण गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । धरानका अस्पतालहरूमा डेङ्गी सङ्क्रमितको भिड अस्वाभाविक बढिरहेको छ । धरानमा एकै दिन एक हजार सात सय ७६ जना डेङ्गी भाइरस सङ्क्रमित थपिएका धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताउनुभयो । धरानमा झन्डै १० हजार जना डेङ्गी सङ्क्रमित रहेका उहाँले बताउनुभयो । धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेङ्गी क्लिनिक, फिवर क्लिनिक र डेङ्गी अस्पतालसहित उपमहानगरको विभिन्न स्वास्थ्य चौकी, वडा समिति कार्यालयहरूले सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविर, धरान सभागृह र उद्योग वाणिज्य सङ्घ सुनसरीको हलमा उपमहानगरले निःशुल्क जाँच र औषधि वितरण गरिरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?