Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘प्रतिपक्षले सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष जर्‍याकजुरुक उठेर हाहुहाहु गर्न थाल्छ'

2023 Aug 12 8:32 PM 27

विज्ञापन

Birat Cancer Hospital
‘प्रतिपक्षले सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष जर्‍याकजुरुक उठेर हाहुहाहु गर्न थाल्छ'
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दुस्ख दिएको बताएका हुन् । उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । ‘ युवा हुँदा पढेको आईएस्सीको सर्टिफिकेट मामिला निकालेर‘ त्यो छानबिन गरेर हुन्थ्यो नि पहिले हत्कडी लगाए’, ओलीले भने । एउटा मान्छे गिरफ्तार हुनु सामान्य देखिए पनि सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गरेको ओलीले बताए । ‘मैले प्रधानमन्त्रीलाई भनें यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति, उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मजा लागेको छ । तर यो राजनीति यहाँ अन्त्य हुँदैन, उहाँहरुले बुझ्नुपर्छ यो त सुरु मात्र भयो’ ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकार अधिनायकवादी भएर चल्ने होइन ।’ सुनिल शर्मा दोषी थिए भने पहिले पनि पक्राउ गर्न सक्ने भन्दै ओलीले संसदमा सुनकाण्डको विरोधमा बोलेपछि पक्राउ गरेर सरकारले प्रतिशोध लिन खोजेको बताएका हुन् । ‘पार्लियामेन्टमा सुनकाण्डको विरोध गरेपछि अचानक हत्कडी लगाउन आयो । किन भन्दा उहिले तिमी विद्यार्थी हुँदा छेउको साथीको चिट चोरेका थियौं नि ‘१’ ओलीले भने । आफूहरुले सुन तस्करी प्रकरणको सत्यतथ्य छानबिनका लागि निष्पक्ष समिति बनाउन माग गर्दा सरकारले नमान्नु रहस्यपूर्ण भएको ओलीले बताए । ‘उहाँहरु निष्पक्ष छानबिन समिति बनाउन मान्नुहुन्न । हामी छानबिन गरिहाल्छौं नि भन्नुहुन्छ, त्यसोभए एयरपोर्टमा किन छानबिन गर्नुभएन’ ओलीले भने । उनले अगाडि भने, ‘निष्पक्ष छानबिन समिति बनाऔं, आयोग बनाऔं, त्यसले नभएको कुरा त ल्याउँदैन होला । ’सरकारले निष्पक्ष छानबिन गर्न नदिएको मात्र नभई अहिले त सुन तस्करी विरुद्ध संसदमा आवाज पनि उठाउन नदिएको ओलीले बताए । ‘प्रतिपक्षले उठेर सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष जर्‍याकजुरुक उठेर हाहुहाहु गर्न थाल्छ । सत्तापक्षले मात्र बोल्न पाउँछ, प्रतिपक्षले बोल्न पाउँदैन’, उनले भने । संसदको समय खेर फाल्नुहुन्न भन्नेमा आफूहरु सजग रहेको जिकिर गर्दै ओलीले भने, ‘तर चोर उम्काउन पनि भएन नि १’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न