Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश सांसद र कर्मचारीलाई इन्डक्सन वितरण कति उचित ? सर्वसाधारणलाई दिनुपर्नेमा जोड

2023 Aug 13 7:21 PM 29

विज्ञापन

Birat Cancer Hospital
प्रदेश सांसद र कर्मचारीलाई इन्डक्सन वितरण कति उचित ? सर्वसाधारणलाई दिनुपर्नेमा जोड
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण सुरु गरेको छ । तर कोशी प्रदेशसभा सचिवालयले एक करोड रुपैयाँ खर्चिएर किनेको विद्युतीय (इन्डक्सन) चुल्हो वितरणसम्बन्धी विवाद अहिले उत्कर्षमा पुगेको छ । कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय चुल्हो किनेर प्रदेशसभा सदस्य र कर्मचारीलाई वितरण गर्न थालिएपछि विरोध चर्किएको हो । प्रदेशका मन्त्री, सांसद र कर्मचारीलाई वितरण गर्न भनेर किनिएको चुल्होको सत्तापक्ष र सत्ता बाहिरका सांसहरुबाट नै विरोध भइरहेको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँमा ६१३ थान इन्डक्सन चुल्हो किनेको थियो । इन्डक्शन चुल्हो सांसद र कर्मचारीलाई वितरण गर्ने निर्णयचाहिँ एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री भएका बेला भएको हो । ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै आर्थिक वर्ष २०७९\८० मा राई नेतृत्वको प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यति बेला मोवादीका रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री थिए । तर छोटो समयमै सरकार गुमेका कारण कार्यान्वयन भने हुन सकेन । फेरि नेकपा एमालेबाट हिक्मत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भयो । पूर्वमुख्यमन्त्री राजेन्द्र राईको पालामा निर्णय भएको विषयलाई खरिद प्रक्रिया अघि बढाएर कार्की नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याइ दियो । फेरि कम अवधि मात्रै सत्ता सम्हालेका कार्कीपछि अहिले मुख्यमन्त्रीमा कांग्रेसका उद्धब थापा छन् । उनको नेतृत्वमा रहेको सरकारले भने इन्डक्शन चुल्हो वितरण नै गरिदिएको छ । यता खाना पकाउने ग्यास खपत घटाउन र विद्युत् प्रयोग बढाउने उद्देश्यले खरिद गरिएको चुल्हो पहिले सर्वसाधारणलाई वितरण गर्नु आवश्यक रहेको प्रमुख प्रतिपक्षी एमालेका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । कार्कीले भने पुर्व मुख्यमन्त्री राजेन्द्र राईको पालामा भएको निर्णयलाइ खरिद प्रक्रिया अघि बढाएर कार्यान्वयन गराए । तर यस प्रक्रियाप्रति कार्की स्वयं संतुष्ट छैनन् । चुल्हो किने पनि सेवासुविधा पाइरहेका कर्मचारी र प्रदेश सांसदलाई त्यो वितरण गर्न नहुने उनको भनाइ छ । कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय चुल्हो किनेर प्रदेशसभा सदस्यहरूलाई वितरण गर्न थालेपछि प्रदेशको सत्तारुढ दल नेपाली कांग्रेसले नै विरोध गरेको छ । सरकारले प्रदेशसभामार्फत वितरण गरिरहेको चुल्हो आफूले नलिने प्रदेश सांसद केदार कार्कीको प्रतिक्रिया छ ।  यसबारे गम्भीरतापूर्वक निर्णय लिएर सम्बन्धित मन्त्री अघि बढ्नुपर्ने कार्कीको भनाइ छ । यता बोलपत्र आह्वान गरेर चुल्हो किनिएको मन्त्रालयका सूचना अधिकारी राजेन्द्रकुमार माझीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रदेश सरकारका कर्मचारी र प्रदेश सांसदले इन्डक्सन चुल्हो प्रयोग गरेको देखेर सर्वसाधारण पनि प्रभावित भई प्रयोग गर्ने भएकाले वितरण गरिएको मन्त्रालयका सचिव नवीनराज सिंहको तर्क छ । कमिशनको खेल भएको भनेर दाबी भइरहेका बेला त्यो भने नभएको उनी बताउँछन् । खुला प्रतिस्पर्धाबाट किनिएकाले यसमा कमिसनको खेल नभएको सचिव सिंहको दाबी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न