Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश सांसद र कर्मचारीलाई इन्डक्सन वितरण कति उचित ? सर्वसाधारणलाई दिनुपर्नेमा जोड

2023 Aug 13 7:21 PM 44

विज्ञापन

Birat Cancer Hospital
प्रदेश सांसद र कर्मचारीलाई इन्डक्सन वितरण कति उचित ? सर्वसाधारणलाई दिनुपर्नेमा जोड
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारले प्रदेश सांसद र कर्मचारीलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण सुरु गरेको छ । तर कोशी प्रदेशसभा सचिवालयले एक करोड रुपैयाँ खर्चिएर किनेको विद्युतीय (इन्डक्सन) चुल्हो वितरणसम्बन्धी विवाद अहिले उत्कर्षमा पुगेको छ । कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय चुल्हो किनेर प्रदेशसभा सदस्य र कर्मचारीलाई वितरण गर्न थालिएपछि विरोध चर्किएको हो । प्रदेशका मन्त्री, सांसद र कर्मचारीलाई वितरण गर्न भनेर किनिएको चुल्होको सत्तापक्ष र सत्ता बाहिरका सांसहरुबाट नै विरोध भइरहेको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँमा ६१३ थान इन्डक्सन चुल्हो किनेको थियो । इन्डक्शन चुल्हो सांसद र कर्मचारीलाई वितरण गर्ने निर्णयचाहिँ एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री भएका बेला भएको हो । ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै आर्थिक वर्ष २०७९\८० मा राई नेतृत्वको प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यति बेला मोवादीका रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री थिए । तर छोटो समयमै सरकार गुमेका कारण कार्यान्वयन भने हुन सकेन । फेरि नेकपा एमालेबाट हिक्मत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भयो । पूर्वमुख्यमन्त्री राजेन्द्र राईको पालामा निर्णय भएको विषयलाई खरिद प्रक्रिया अघि बढाएर कार्की नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याइ दियो । फेरि कम अवधि मात्रै सत्ता सम्हालेका कार्कीपछि अहिले मुख्यमन्त्रीमा कांग्रेसका उद्धब थापा छन् । उनको नेतृत्वमा रहेको सरकारले भने इन्डक्शन चुल्हो वितरण नै गरिदिएको छ । यता खाना पकाउने ग्यास खपत घटाउन र विद्युत् प्रयोग बढाउने उद्देश्यले खरिद गरिएको चुल्हो पहिले सर्वसाधारणलाई वितरण गर्नु आवश्यक रहेको प्रमुख प्रतिपक्षी एमालेका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । कार्कीले भने पुर्व मुख्यमन्त्री राजेन्द्र राईको पालामा भएको निर्णयलाइ खरिद प्रक्रिया अघि बढाएर कार्यान्वयन गराए । तर यस प्रक्रियाप्रति कार्की स्वयं संतुष्ट छैनन् । चुल्हो किने पनि सेवासुविधा पाइरहेका कर्मचारी र प्रदेश सांसदलाई त्यो वितरण गर्न नहुने उनको भनाइ छ । कोशी प्रदेशको खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयले लक्षित वर्गका लागि छुट्याएको बजेटबाट विद्युतीय चुल्हो किनेर प्रदेशसभा सदस्यहरूलाई वितरण गर्न थालेपछि प्रदेशको सत्तारुढ दल नेपाली कांग्रेसले नै विरोध गरेको छ । सरकारले प्रदेशसभामार्फत वितरण गरिरहेको चुल्हो आफूले नलिने प्रदेश सांसद केदार कार्कीको प्रतिक्रिया छ ।  यसबारे गम्भीरतापूर्वक निर्णय लिएर सम्बन्धित मन्त्री अघि बढ्नुपर्ने कार्कीको भनाइ छ । यता बोलपत्र आह्वान गरेर चुल्हो किनिएको मन्त्रालयका सूचना अधिकारी राजेन्द्रकुमार माझीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रदेश सरकारका कर्मचारी र प्रदेश सांसदले इन्डक्सन चुल्हो प्रयोग गरेको देखेर सर्वसाधारण पनि प्रभावित भई प्रयोग गर्ने भएकाले वितरण गरिएको मन्त्रालयका सचिव नवीनराज सिंहको तर्क छ । कमिशनको खेल भएको भनेर दाबी भइरहेका बेला त्यो भने नभएको उनी बताउँछन् । खुला प्रतिस्पर्धाबाट किनिएकाले यसमा कमिसनको खेल नभएको सचिव सिंहको दाबी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला