Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सामुदायिक विद्यालयको सम्पत्ति नमास्न महासंघको ध्यानाकर्षण

2023 Aug 16 10:16 AM 41

विज्ञापन

Birat Cancer Hospital
सामुदायिक विद्यालयको सम्पत्ति नमास्न महासंघको ध्यानाकर्षण
बिराटनगर ।  सामुदायिक विद्यालय अर्थात् समुदायको सम्पत्तिलाई नमास्न सामुदायिक विद्यालय व्यवस्थापन सुधार समिति महासंघ नेपालले  देशभरिका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा इकाई प्रमुखमार्फत ज्ञापनपत्र बुझाएसँगै मोरङले पनि यसप्रति गम्भीर ध्यानाकर्षण सहित आफ्ना मागहरू अघि सारेको छ । संघीय सरकारले पछिल्लो समय तयार पार्न लागेको ऐन विधियकको रूपमा सदनमा जानुपूर्व यसप्रति घोर आपत्ति प्रकट गर्दै देशभरि विरोधस्वरुप चर्को आवाज उठिरहेको छ, दवाव सिर्जना भइरहेको छ । यहि सिलसिलामा मोरङमा पनि आज सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह र जिल्ला शिक्षा इकाई प्रमुख टंक गौतमलाई ज्ञापनपत्र बुझाइएको हो । प्रस्तावित ऐनले शिक्षा क्षेत्रलाई तहसनहस मात्र होइन, चौपट्ट पार्न खोजेको छ । सरोकारवालाको सरोकारलाई बेवास्ता गर्दै ल्याएको ऐन कार्यान्वयनमा आयो भने नेपाली समाज अँध्यारो सुरुङयात्रामा हिड्न तयार रहनुपर्ने हुन्छ– सामुदायिक विद्यालय व्यवस्थापन सुधार समिति महासंघ नेपाल, कोशी प्रदेशका नेता सागर केसी पोखिनुहुन्छ । निजी विद्यालयलाई अनिवार्य गुठीको रूपमा सञ्चालन र व्यवस्थापनमा ल्याउनुपर्ने, सामुदायिक विद्यालयलाई समुदायबाट अलगथलग गर्दै निर्वाचित वडाध्यक्षको मातहतमा ल्याउनुपर्ने, वडाध्यक्षले चाहेअनुसारको प्रतिनिधिमार्फत विद्यालय सञ्चालन एवम् व्यवस्थापन गर्नुपर्ने जस्ता सामुदायिक विद्यालयप्रति समर्पित समुदायको मर्म–भावना, स्थापित अभ्यास र संस्थाको संरचनागत धर्मविरोधी विषयवस्तुहरू ऐनको रूपमा संग्रह गर्न खोजिएको छ, हामी यसविरुद्ध देशभर जुरुक्क एकस्वर र एकसंवादका साथ उठेका छौँ ज्ञापनपत्र बुझाउँदै नेतृ उर्मिला सुवेदीले बताउनुभयो । प्रस्तावित ऐनअनुसार विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागिताको अधिकारमाथि हस्तक्षेप भएको छ । सामुदायिक विद्यालय अभिभावक, समुदायको हातबाट खोसिएको र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने प्रयास भएको देखिएको छ । यहाँसम्म कि अभिभावकको श्रम, स्रोत र अगुवाइमा स्थापना भएका सबै सामुदायिक विद्यालयहरूको स्वामित्व अभिभावकमा निहित रहेको थियो, यसबाट सम्बन्धविच्छेद गर्न चाहेको छ वर्तमान सरकारले सुवेदीले थप्नुभयो । आफ्ना बालबालिका पठनपाठन गर्ने विद्यालय कसरी चल्छ ? र कसले चलाउँछ ? भन्ने अभिभावकको चासो स्वाभाविक हो । आफ्ना भविष्यसँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने विषयमा अभिभावक सहभागिता र संलग्नताको विषय प्राकृतिक न्यायको विषय हो । त्यसैले विद्यालय सञ्चालन र व्यवस्थापनमा समुदायको स्वामित्व र अभिभावकको नेतृत्व स्थापित गर्ने गरी तपसिलअनुसारको व्यवस्था सहित संघीय शिक्षा ऐन यथाशक्य जारी गर्नको लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल जिल्ला जोडदार माग गर्दछ... आज प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ । ज्ञापनपत्र बुझाउने क्रममा सामुदायिक विद्यालय व्यवस्थापन सुधार समिति महासंघ नेपाल, कोशी प्रदेशका नेता सागर केसी, उर्मिला सुवेदी, युवराज बास्कोटा, प्रमिशा धिमाललगायत यस अभियानसँग आबद्ध अभियन्ताको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला