Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशमा विश्वासको मतका लागि राजनीति खेल सुरु, सोमवार विश्वाशको मत लिने कार्यक्रम

2023 Aug 18 3:54 PM 22

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशमा विश्वासको मतका लागि राजनीति खेल सुरु, सोमवार विश्वाशको मत लिने कार्यक्रम
काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदो सोमवार विश्वासको मत लिनु हुने भएको छ । थापाले विश्वासको मत लिनका लागि आज शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिनुभएको हो । उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापाले आउँदो १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका छ गरी ४६ सांसद प्रतिपक्षमा छन् । उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएमा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त हुन्छ । अन्यथा ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार अरू प्रक्रिया अघि बढ्नेछन् । यस्तो अवस्थामा विपक्षी दलहरू एमाले र राप्रपाको सहयोगविना विश्वासको मत लिन चुनौतीपूर्ण हुनेछ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?