Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा

2023 Aug 22 8:29 PM 45

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको छ । उपसभामुख सिर्जना दनुवार बिदामा रहेको र उपसभामुख दनुवारले सभाध्यक्षको जिम्मेवारी दिइएका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएको भन्दै एमालेले समग्र प्रक्रियाकै विरोध गर्ने जनाएको छ । यसको अर्थ एमालेले मन्सुरीको अध्यक्षतामा चल्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने निश्चित छ । त्यसको उदाहरण मंगलबार विराटनगरस्थित होटेल स्टर्न स्टारमा प्रदेशसभा सचिवालयले आयोजना गरेको कानुन निर्माण, कार्यान्वयन सम्बन्धी कार्यक्रम नै काफी छ । उक्त कार्यक्रममा प्रदेशसभाको अध्यक्षको जिम्मेवारी पाएका मन्सुरीलाई अध्यक्षता गराउने प्रदेशसभा सचिवालयको तयारी थियो । तर, एमालेले विरोध गरेपछि प्रदेशसभाका प्रमुख सचिव गोपाल पराजुलीले कार्यक्रमको अध्यक्षता गरे भने उनै पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए । यो घटनाले प्रदेशसभामा मन्सुरीले प्रदेशसभा सञ्चालन गर्ने अवस्था नरहेको सचिवालयको बुझाइ छ । ‘बाह्य कार्यक्रमको अध्यक्षता गराउन त सकिएन प्रदेशसभा कसरी सञ्चालन होला र ?,’ सचिवालयका एक कर्मचारीले भने, ‘प्रदेशसभाको अधिवेशन आज भोलि नै अन्त्य भए आश्चर्य नमाने हुन्छ ।’ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि एमाले मुख्यमन्त्रीलाई विश्वासको मत पुर्याउन गरिएको खेलको विरुद्धमा आफूहरु रहेको बताए । ‘हामी समग्र प्रक्रियाको विरोधमा छौँ, भोली प्रदेशसभाको बैठक बसे पनि हामी यो प्रक्रियाको विरोध गर्छौँ,’ भण्डारीले भने, ‘सभाध्यक्षले ठिक रोल खेल्यो, खेलेन भन्ने भन्दा पनि गठबन्धनले गरिरहेको क्रियाकलाप ठिक छैन ।’ यसको अर्थ बुधबार ९भोलि० बस्ने भनिएको प्रदेशसभाको बैठक चल्न नदिने एमालेको रणनीति भएको सत्तापक्षका नेताहरूले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला