Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा

2023 Aug 22 8:29 PM 31

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सरकार प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको छ । उपसभामुख सिर्जना दनुवार बिदामा रहेको र उपसभामुख दनुवारले सभाध्यक्षको जिम्मेवारी दिइएका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएको भन्दै एमालेले समग्र प्रक्रियाकै विरोध गर्ने जनाएको छ । यसको अर्थ एमालेले मन्सुरीको अध्यक्षतामा चल्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने निश्चित छ । त्यसको उदाहरण मंगलबार विराटनगरस्थित होटेल स्टर्न स्टारमा प्रदेशसभा सचिवालयले आयोजना गरेको कानुन निर्माण, कार्यान्वयन सम्बन्धी कार्यक्रम नै काफी छ । उक्त कार्यक्रममा प्रदेशसभाको अध्यक्षको जिम्मेवारी पाएका मन्सुरीलाई अध्यक्षता गराउने प्रदेशसभा सचिवालयको तयारी थियो । तर, एमालेले विरोध गरेपछि प्रदेशसभाका प्रमुख सचिव गोपाल पराजुलीले कार्यक्रमको अध्यक्षता गरे भने उनै पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए । यो घटनाले प्रदेशसभामा मन्सुरीले प्रदेशसभा सञ्चालन गर्ने अवस्था नरहेको सचिवालयको बुझाइ छ । ‘बाह्य कार्यक्रमको अध्यक्षता गराउन त सकिएन प्रदेशसभा कसरी सञ्चालन होला र ?,’ सचिवालयका एक कर्मचारीले भने, ‘प्रदेशसभाको अधिवेशन आज भोलि नै अन्त्य भए आश्चर्य नमाने हुन्छ ।’ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि एमाले मुख्यमन्त्रीलाई विश्वासको मत पुर्याउन गरिएको खेलको विरुद्धमा आफूहरु रहेको बताए । ‘हामी समग्र प्रक्रियाको विरोधमा छौँ, भोली प्रदेशसभाको बैठक बसे पनि हामी यो प्रक्रियाको विरोध गर्छौँ,’ भण्डारीले भने, ‘सभाध्यक्षले ठिक रोल खेल्यो, खेलेन भन्ने भन्दा पनि गठबन्धनले गरिरहेको क्रियाकलाप ठिक छैन ।’ यसको अर्थ बुधबार ९भोलि० बस्ने भनिएको प्रदेशसभाको बैठक चल्न नदिने एमालेको रणनीति भएको सत्तापक्षका नेताहरूले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न