Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सांसद विकास कोषको रकम तत्काल खर्च नगर्न सर्वोच्चको आदेश

2023 Aug 25 9:48 PM 22

विज्ञापन

Birat Cancer Hospital
सांसद विकास कोषको रकम तत्काल खर्च नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सांसद विकास कोष खर्च गर्न नपाउने गरी अन्तरिम आदेश दिएको छ । एकपटक बन्द भएर पनि वर्तमान सरमारका अर्थमन्त्रीले सो कार्यक्रम ल्याएका थिए । प्रत्यक्ष निर्वाचित सांसदहरुले आफ्नो इच्छा अनुसार खर्च गर्न पाउने गरि ल्याएको सो कार्यक्रम अन्तरगत प्रतिसांसद ५ करोड रुपैयाँ छुट्याएकोमा सर्वोच्चको आदेशले कार्यान्वयनमा रोक लागाएको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि रु ५ करोड विनियोजन गर्नेगरी कुल ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका थिए। सांसदहरुको भूमिका कार्यपालिकाको जस्तो नभई कानुन निर्माण, सरकार र संवैधानिक अङ्गका माथि अनुगमनका सार्थ सरकारलाई संसदमार्फत जनताप्रति जवाफदेही बनाउने रहेको भन्दै उक्त सांसद विकास कोष कार्यक्रमको खर्च गर्न अन्तरिम आदेश जारी गरेको हो । बजेट वक्तव्यको बुँदा नम्बर ४४५ मा अर्थमन्त्री डा.महतले भनेका छन्, ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरु जनप्रतिनिधि मार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि रु। ५ करोड विनियोजन गर्नेगरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु ।’ सोही बुँदामा थप व्याख्या गर्दै मन्त्री महतले भनेका छन्, ‘न्यूनतम रु १ करोड विनियोजन हुनेगरी सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनौट गरिनेछ । यस कार्यक्रमका लागि रु ८ अर्ब २५ करोड विनियोजन गरेको छु ।’ तर, बजेटको सोही व्यवस्था कार्यान्वयनमा सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ। अधिवक्ताहरु त्रिलोकबहादुर चन्द र यज्ञप्रसाद अधिकारी लगायतका निवेदकले दायर गरेको रिटमा निर्वाचन क्षेत्रमा बजेट छुट्याउनु संविधान र कानुन विपरीत हुने जिकिर गरिएको थियो । रिट निवेदकसहित वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु ज्ञानेन्द्रराज आरण, विकास भट्टराई, भद्र प्रसाद नेपाल लगायतका १७ जनाले बहस गरेपछि सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चको उक्त निर्णय प्रति केही स्वतन्त्र सांसद र संविधानविध बाहेकका सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरुले विरोधको बहस गर्न थालेका छन् । बजेट निर्माण गर्ने र कार्यान्वयन गर्ने कार्यपालिका र व्यवस्थापिकामाथि सरकारले हस्तक्षेप गरेको पनि सांसदहरुले आरोप लगाएका छन् । साथै सर्वोच्चको फैसलालाई लिएर सांसदको भुमिका र जिम्मेवारी बोध गराएको टिप्पणी गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?