Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धरानमा निषेधाज्ञालाई कडाइ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

2023 Aug 26 10:56 AM 24

विज्ञापन

Birat Cancer Hospital
धरानमा निषेधाज्ञालाई कडाइ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
धरान । धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । विभिन्न हिन्दू संगठनले धार्मिक र्‍याली निकाल्न लागेपछि तनाव उत्पन्न हुन सक्ने देखिएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञालाई काडाई गर्न प्रशासनले धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गर्नुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत क्षेत्रमा निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी ६ नं.बाट बराहक्षेत्र वडा नं.३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ। त्यस्तै , इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा।पा। वडा नं. ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। लामो दुरीबाट धरान जाने यातायात निषेधाज्ञाका कारण इटहरीको पानीपिया क्षेत्रमै रोकिएको छ। केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ । यसैबीच, सामाजिक सद्भाव कायम राख्न शुक्रबार धरानमा सर्वदलीय–सर्वपक्षिय र्‍याली निकालिएको थियो । साम्प्रदायिक तथा धार्मिक सद्भाव खलल हुन नदिई संवादबाटै समाधान खोज्न धरानका राजनीतिक दल तथा संघसंस्थाले आह्वान पनि गरेका छन् । कांग्रेस, एमाले, माओवादीसहित १३ राजनीतिक दल, धरान उपमहानगरपालिकाका मेयर र उपमेयर तथा पूर्वमेयरहरूसँगै विभिन्न संघ–संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ता र छलफलबाट समाधान खोज्न आह्वान गरेका हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?