Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पूर्वसभामुखका छोरा राहुल महरा पक्राउ परेसँगै सुन प्रकरणले नयाँ मोड लिँदै

2023 Aug 30 5:54 PM 29

विज्ञापन

Birat Cancer Hospital
पूर्वसभामुखका छोरा राहुल महरा पक्राउ परेसँगै सुन प्रकरणले नयाँ मोड लिँदै
काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणले नयाँ मोड लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेप प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ गरेसँगै सो प्रकरणले नयाँ मोड लिएको हो । भेपमार्फत ९ किलो सुन तस्करी गर्ने समूहका आरोपी दाओजिन वाङसँग राहुल महराको १९५ पटक सम्पर्क भएको देखिएको सीआईबीको अनुसन्धानले खुलाएको थियो । जसमा राहुलले १३१ र वाङले ३४ पटक फोन गरेको सीआईबीले निकालेको वाङको सीडिआर रेकर्डमा देखिएको थियो । त्यो बाहेक राहुलसँगै अर्को आरोपी चिनियाँ नागरिक असिमसँग पनि तीन पटक सम्पर्क भएको देखिएको थियो । भेप प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङ, असिम र लुई हान तीनै जनाले नेपाल छाडिसकेका छन् । भेप प्रकरणमा जोडिएका वाङ र ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम नागरिक दावा छिरिङकोसमेत सम्पर्क देखिएको छ । जसकारण राहुल पक्राउ परेको सीआईबी स्रोतको भनाइ छ । यस्तो थियो घटना १० पुुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट ९भेप० ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन लुकाएर ल्याएका थिए । उक्त भेप त्रिभुवन विमानस्थलमा जाँचका क्रममा ठूलो मात्रामा देखिएपछि भन्सार कार्यालयले रोक्यो । भन्सार कार्यालयलाई समेत भेपभित्र सुन लुकाएर ल्याएकोबारे जानकारी थिएन । जसकारण सामान करिब डेढ महिना भन्सारको गोदाममै थन्कियो । उक्त सामान गोदाममा हुँदा राहुलले चासो राखेका थिए । तर, उनको प्रयास सफल नभएपछि भन्सारकै कर्मचारीको सेटिङमा बजारबाट किनेर ल्याएर अर्को भेप भन्सारको गोदाममा राखेर सुन भएको भेप बाहिर बिक्री गरेको खुलेको थियो । उक्त भेपबारे गिरोहको सक्रियता शंकास्पद देखेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ र अनुसन्धान गर्दा त्यसमा सुन लुकाएर ल्याइएको नयाँ तथ्य खुलेको थियो । सोही अनुसन्धानबाट कर्मचारीकै संलग्नतामा सुन भएको भेप चोरी गरेर गोदाममा अर्को भेप राखेको खुलेको थियो । सो घटनापछि मात्रै पोखरेलले यसमा अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेका थिए । ब्युरोको अनुसन्धानपछि मात्रै यो प्रकरणमा चिनियाँ गिरोहले भेपका नाममा सुन तस्करी गर्ने गरेको खुलाएको हो । जसमा महराका बाबु–छोरासमेत मुछिएका छन् । सुन भएको भेप भन्सारले नियन्त्रणमा लिएपछि भेपसँगै नेपाल आएका ली १३ पुसमा नेपाल छोडेको खुलेको छ । हाल सुन तस्करी प्रकरणभन्दा पनि भेप चोरी प्रकरणमा जोडिएका विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि जेल चलान गरेको छ । चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने हाल फरार छन् ।स्रोत : बाह्खरी

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न