Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

2023 Aug 30 10:13 PM 31

विज्ञापन

Birat Cancer Hospital
एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित
काठमाडौँ  । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन जोडे । अन्तिम विकेटका रुपमा ललित राजवंशी सदाब खानको बलमा एलबीडब्लू आउट भए । उनले कुनै रन जोड्न सकेनन् । त्यसअघि २३ ओभर २ बलमा कुशल मल्ल पनि सदाब खानको बलमा इफ्तिकार अहमदबाट क्याच आउट भए । खेलको २१ ओभर बलमा नेपालका सन्दीप लामिछाने सदाब खानकै बलमा डक आउट भएका थिए ।त्यसअघि खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भएका थिए । उनलाई पनि सदाब खानले नै आउट गरे । उनी खानको बलमा फखर जमानबाट क्याच आउट भएका थिए भने खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन बनाएर आउट भए । उनी मोहम्मद नवाजको बलमा आउट भएका थिए । खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए । उनी हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए । त्यसअघि खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६ रन बनाउँदै हारिस रउफको बलमा बोल्ड भए । १ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका थिए । उनले ५ बलमा ५ रन बनाए । कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए । भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिए । भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । पाकिस्तानका सदाब खानले ४ तथा हारिस रउफ र सहीन शाह अफ्रिदीले समान दुई विकेट लिए । त्यस्तै, नसीम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए । त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए । नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न