Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमालेको आगामी कार्यक्रमः ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ सञ्चालन गर्ने

2023 Sep 1 5:57 AM 23

विज्ञापन

Birat Cancer Hospital
एमालेको आगामी कार्यक्रमः ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ सञ्चालन गर्ने
काठमाडौँ । नेकपा (एमाले) ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताए । अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने उनको भनाइ थियो । यसअघि एमालेले २०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो । “पार्टीमा बहुलता र विविधतालाई तथा संयुक्त आन्दोलनको नीतिलाई स्वीकार गरेको ऐतिहासिक ठाउँ तत्कालीन मालेको चौथो महाधिवशेन भएको सिराहाको अम्बासमा हामीले भर्खरै पार्टीको सचिवालय बैठक राखेर हामीले सम्झ्यौँ”, उनले भने, “त्यसैगरी नै मध्यपहाडी लोकमार्गका जनतालाई हातोमालो गरे सडकमा निकाल्न हामीले पदयात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको हौँ ।” मङ्सिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौं मानिसलाई सहभागी गराइने उनको भनाइ छ । पदयात्राअघि बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना बनाउने प्रचार विभाग प्रमुख गौतमले बताए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?