Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

2023 Sep 8 10:22 PM 42

विज्ञापन

Birat Cancer Hospital
हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्की पुनः सरकारको नेतृत्वमा फर्किएका हुन् । संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कार्कीको दल एमालेबाट तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन, एकराज कार्की भौतिक पूर्वाधार र सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।अल्पमतको सरकार बनाएका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । २४ पुस २०७९ मा एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीसँग प्रष्ट बहुमत थियो । माओवादी, राप्रपा र जनता समाजवादी दल सरकारमा थिए, त्यसैले सहजै विश्वासको मत पाए । तर राष्ट्रपति चुनावसँगै केन्द्रमा समीकरण फेरियो । माओवादीले एमाले छाडेर कांग्रेससँग नयाँ समीकरण बनाएपछि प्रदेश सरकारहरू पनि संकटमा परे । जसपा र माओवादीले समर्थन फिर्ता लिएपछि कार्कीले १५ असारमा प्रदेशसभामा विश्वासको मत मागे । उनले ४६ मत मात्र पाए । जबकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्थ्यो । विश्वासको मत नपाएपछि कार्की स्वतः पदमुक्त भए ।त्यसपछि कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । २१ असारमा सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री भएका उनको नियुक्ति सर्वोच्चले ११ साउनमा बदर गर्‍यो । सभामुखबाट बाबुराम गौतमलाई राजीनामा गराएर १६ भदौमा मुख्यमन्त्री भएका थापाले ४ भदौमा विश्वासको मत लिएका थिए । तर प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले गरेको मतदानलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले २१ भदौमा थापा मुख्यमन्त्रीबाट पदमुक्त भएको फैसला सुनायो । सर्वोच्चले ४८ घण्टाको समय तोकेर परमादेश नै दिएका कारण कार्की सहजै मुख्यमन्त्री भए । तर उनलाई पनि विश्वासको मत जुटाउन सहज छैन । किनकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्छ । कार्कीको दल एमालेसँग ४० मत छ । उसलाई ६ प्रदेश सांसद भएको राप्रपाले समर्थन गरेको छ । राप्रपाले समर्थन गरे पनि सहज छैन ।गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक प्रदेश सांसद छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला