Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उचित हुन्छ: राजेन्द्र लिङ्देन

2023 Sep 9 10:01 PM 22

विज्ञापन

Birat Cancer Hospital
कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उचित हुन्छ: राजेन्द्र लिङ्देन
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उनले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताएका हुन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सबैभन्दा पहिलो उपयोगी कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेशसभा जोगाए राम्रो, त्यो मौका अझै छ, ९मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन पाउने समय० ३० दिन, अर्को पनि धारा ९सरकार गठन हुन सक्ने संविधानको धारा १६८ ९५० बाँकी छ, मेरो शुभकामना छ कांग्रेस र एमाले मिल्नेछन्’ उनले भने । कोशीमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर उद्धव थापालाई मुख्यमन्त्री बनाए पनि दुबै पटक सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका छन् । उनले एक पटक सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका कारण पदमुक्त भएका थिए भने दोस्रो पटक प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीको समर्थन लिएका कारण पदमुक्त भएका थिए । गत बिहीबार सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्दै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखका नाममा परमादेश दिएको थियो ।सो आदेश अनुसार शुक्रबार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । तर ३० दिनभित्र विश्वासको मत लिन उनलाई पनि कठिन छ । यही परिस्थितिमा लिङ्देनले अहिलेको व्यवस्थामा संस्थापकहरु आपसमा मिलेमा सरकार गठनका लागि आफूहरुको सहयोग नै नचाहिने बताएका छन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?