Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुवास नेम्वाङको पार्थिव शरीर बुधवार दिउँसोदेखि घरमा, बिहीवार अन्त्येष्टि गरिने

2023 Sep 12 7:48 PM 15

विज्ञापन

Birat Cancer Hospital
सुवास नेम्वाङको पार्थिव शरीर बुधवार दिउँसोदेखि घरमा, बिहीवार अन्त्येष्टि गरिने
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीवार) बिहान गरिने भएको छ । उहाँको अन्त्येष्टि पशुपति आर्यघाटमा पर्सि बिहान ११ बजे राजकीय सम्मानका साथ गरिने एमालेले जनाएको छ । मंगलवार बिहान ३ बजे निधन भएका नेम्वाङको पार्थिव शरीर एमालेको पार्टी मुख्यालय ललितपुरको च्यासलमा राखिएको छ । उहाँलाई मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका नेताहरु, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यसैगरी पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र मन्त्रीहरू, सांसद, विभिन्न राजनीतिक दलका नेता, प्रधानसेनापति एवम् विभिन्न सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरू र सर्वसाधारणले उहाँप्रति पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो । बुधवार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने उहाँको पार्थिव शरीरलाई बुधवार दिउँसोदेखि पर्सि बिहानसम्म पारिवारिक तथा धार्मिक संस्कारका लागि बालुवाटारस्थित निवासमा राखिने जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो