Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समाजसेवी रुपेश खतिवडाद्वारा अरनिको माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण (तस्बिरहरु)

2023 Sep 20 5:19 PM 23

विज्ञापन

Birat Cancer Hospital
समाजसेवी रुपेश खतिवडाद्वारा अरनिको माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण (तस्बिरहरु)
उर्लाबारी,२९ भदौ। उर्लाबारी नगरपालिका ८ स्थित अरनिको माध्यमिक विद्यालयमा शुक्रवार बाल दिवस मनाईएको छ । विशेष कार्यक्रमको आयोजना गरी विद्यालयको सभाहलमा बाल दिवस मनाइएको हो । सो अवसरमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको प्रधानाध्यापक सुर्यमान सेरेङले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी उर्लाबारी ( ८ निवासी रुपेश खतिवडाले बाल कक्षादेखि ९ सम्मका १३ जना विद्यार्थीलाई एक सेट विद्यालय पोशाक र जनही  ५ सय रुपैयाँ नगद छात्रबृति वितरण गर्नुभयो । कक्षा प्रथम हुने विद्यार्थीलाई उहाँले छात्रबृति वितरण गर्नुभएको हो । उहाँले बिगत ७ वर्षदेखी छात्रबृति वितरण गर्दै आउनु भएको छ । खतिवडाले सोही विद्यालयबाट एसएलसी उतिर्ण गर्नुभएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको प्रोत्साहनका लागि प्रत्येकवर्ष आफुले छात्रवृति प्रदान गर्दै आएको खतिवडाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा सरकारले अझ बढी लगानी बढाउन आवश्यक रहेको बताउनु हुँदै खतिवडाले स्थानीय सरकार र अभिभावक मिलेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै सोही अवसरमा पम्फामाया अक्षयकोष छात्रृवृति कक्षा ८ की छात्रा अप्सरा लिम्बु र कक्षा ११ की ममता पौडेललाई तथा ढकमाया खतिवडा स्मृति अक्षयकोष छात्रवृति कक्षा १२ की बालकुमारी अधिकारी र कक्षा १२ कै सुजता विश्वकर्मालाई प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । बाल दिवसको दिन विद्यार्थीहरुको क्षमता प्रस्तुत गराउन कार्यक्रम गर्ने गरिएको प्रधानाध्यापक सेरेङले बताउनुभयो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष निर्मला ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।              

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?