Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङमा कार्यरत वरिष्ठ सई राजेन्द्र कटुवाल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

2023 Sep 21 8:31 PM 24

विज्ञापन

Birat Cancer Hospital
मोरङमा कार्यरत वरिष्ठ सई राजेन्द्र कटुवाल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेशभरिबाट उत्कृष्ट कार्य गरेको भन्दै वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरिएको हो ।विभागीय मूल्यमान्यता, आदेशनिर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पुरस्कृत भएका प्रनानि कटुवालले मोरङ र सुनसरी जिल्लामा श्रृङखलाबद्ध भएको लुटपाटको घटनामा संग्लग्न ब्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए । साथै उनी ड्युटीमा खटिएको प्रहरी टोलीलाई आक्रमण गरी घाइते बनाइ लुटेर लगेको प्रहरीको चाइनिज पेस्तोल हात पार्न सफल भएका थिए । केही दिनअगाडी सुनसरीको बर्जुमा डियुटिमा खटिएको प्रहरी टोलीलाई कुटपिट गरी हतियार लुटने समूहलाई कटुवालले पक्राउ गरेका थिए । यसरी अपराध अनुसन्धानमा कटुवालले उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार रघुनाथ मण्डल पनि पुरस्कृत भएका छन् । मण्डलले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागि आवश्यक पर्ने फर्निचर, स्थानीयस्तरमा उपलब्ध साधनश्रोतको अधिकतम सदुपयोग गरी विभिन्न किसिमका फर्निचरहरू निर्माण गरी कार्यालयको सौन्दर्यीकरण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वरिष्ठ सई कटुवाल र हवल्दार मण्डलले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल भदौ 'महिनाको सर्वोत्कृष्ट प्रहरी' गरिएको हो । प्रदेश प्रहरीले बिगतदेखि नै हरेक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्य विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको डिजिटल डिस्प्लेमा तथा कोशी प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?