Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरको आरोहण गुरुकुलमा 'मुनामदन' मा आधारित नाटक मञ्चन जारी

2023 Sep 25 8:33 AM 19

विज्ञापन

Birat Cancer Hospital
विराटनगरको आरोहण गुरुकुलमा 'मुनामदन' मा आधारित नाटक मञ्चन जारी
विराटनगर । विराटनगरस्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो । हरेक दिन तीन शो मञ्चन भइरहेको नाटकको बुकिङ धमाधम भइरहेको आयोजकले जनाएको छ । मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज र विद्यालयहरूले अग्रिम शो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । नाटकका सबै कलाकार विद्यार्थी हुन् । युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न मञ्चले प्रेरित गर्दै आएको छ । मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् । नाटकमा तिनै विद्यार्थीले अभिनय गरेका छन् । यस अगाडी पनि यो नाटक विराटनगर, काठमाडौ, पोखरा र विराटचोकमा मञ्चन भइसकेको थियो । दर्शकले नाटक मन पराएको बताउँदै मञ्चका अध्यक्ष कटवाल दीपकले भने, ‘उति बेला युवाहरू रोजगारीको खोजीमा ल्हासा जान्थे, अहिले खाडी जान्छन्, पीडा उस्तै छ । ’ देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो मुनामदन । ' आफ्ना सबै कृति जलाइदिए पनि मुनामदन चाहिं नजलाउदिनू’ भनेर देवकोटाले प्राण त्यागेका थिए । नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राइ, रस्मी थापा, सुजता थापा, अतित निरौला, प्रदिप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङको अभिनय रहेको छ । नाटक असोज १६ गतेसम्म मञ्चन हुनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो