Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

'एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ अभिया'

2023 Sep 28 6:25 AM 23

विज्ञापन

Birat Cancer Hospital
'एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ अभिया'
कर्णाली।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान् अभिभारा पूरा गर्ने सङ्कल्प बोकेर एमालेले मिसन–८४’ लाई अर्थपूर्ण बनाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'वडा तहबाटै एमालेलाई ५१ प्रतिशत बनाउन अहिलेदेखि लाग्नुस् । बलियो राष्ट्रिय शक्ति बनाउन सङ्कल्प गर्नुस् ।' देशकै दुर्गम भए पनि प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न कर्णालीको मानवीय संशाधन, शिक्षा, स्वास्थ्य, रोपवे, पूर्वाधारलगायतका विकास आवश्यक भएको तर अहिले सरकारले गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । फुटेको पार्टी नाम एकीकृत समाजवादी अरे भन्ने व्यङ्ग्य गर्दै उहाँले माघमा हुने भनिएको एकीकृत समाजवादीको महाधिवेशनलाई रित्याइदिन कार्यकर्ता पङ्क्तिलाई अपिल गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्वभौमिकता र स्वाधीनताको रक्षा अनि सहकारी र सहकार्यको माध्यमबाट उत्पादनको अगुवाइ एमालेले गर्ने बताउनुभयो । नयाँ निर्माण भएका पार्टीलाई लोकतन्त्रको टुप्पोमा पलाएको एैजेरुको सङ्ज्ञा दिँदै अध्यक्ष ओलीले भन्नुभयो, 'टुप्पोमा पलाएकाको जरा नै हुँदैन तर हामीलाई पुरानो पार्टी भनेर भनेर हेपिरहेका छन् । त्याग, तपस्या र बलिदानबाट निर्माण भएको पार्टी भएको शक्ति र अनुभवबारे बुझेकै छैनन् ।' कर्णाली प्रदेशको अधिवेशनबाट जनतालाई सही सन्देश दिन सहमति गर्न सुझाउनुभएका उहाँले गुटउपगुटको झमेलामा नफस्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले प्रदेश अधिवेशनमा व्यवधान आए साविककै कमिटी निरन्तर हुने चेतावनीसमेत अधिवेशनमा भाग लिनुभएका सहभागीलाई दिनुभयो । पार्टी महासचिव शङ्कर पोखरेलले नेपाली भाषा र संस्कृतिको उद्गम थलोको कर्णालीको विकास र समृद्धिको सफल नेतृत्व एमालेले गर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेलाई जनताको रोजाइ पार्टीका रुपमा सुदृढ गरिने उहाँको भनाइ थियो । महासचिव पोखरेलले भन्नुभयो, 'राजनीतिक अस्थिरता र सामाजिक अराजकता आजको ठूलो चुनौती बनेको छ । देशमा आर्थिक सङ्कट बढ्दै गएको छ । सरकारलाई यस्ता सङ्कटबारे कुनै चासो छैन । सत्ता जोगाउनमै सरकार तल्लीन देखिन्छ । त्यसैले राष्ट्रमा उत्पन्न समस्या समाधान गर्न एमाले बलियो शक्तिका रुपमा अगाडि आउनुपर्छ ।' उहाँले सरकार प्राथमिकता नभएको स्पष्टोक्ति दिँदै अदालत अदालतजस्तो, संसद् संसद्जस्तो र सरकार सरकारजस्तो नभएको टिप्पणी गर्नुभयो । आज उद्घाटन भएको अधिवेशन भोलि बन्द सत्रमा परिणत हुने जनाउँदै प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले उक्त बन्द सत्रले पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने बताउनुभयो । अधिवेशनमा छ सय चार जना प्रतिनिधिले भाग लिएका छन् । जसमा एक सय १२ सुर्खेत, ७५ जाजरकोट, ७४ दैलेख, ६५ कालीकोट, ४८ हुम्ला, ४८ जुम्ला, ४८ सल्यान, ३९ डोल्पा, ३३ मुगु र २३ रुकुम पश्चिमबाट गरी पाँच सय ५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा सङ्गठनका ५० जनाको प्रतिनिधित्व उहाँले जनाउनुभयो । उक्त अधिवेशनमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुषको सहभागिता रहेको छ । त्यस्तै, ७३ जना पुरुष र ३८ जना महिला गरी एक सय ११ जना दलितको प्रतिनिधित्व हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?