Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पूरा

2023 Sep 28 7:08 PM 19

विज्ञापन

Birat Cancer Hospital
एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पूरा
विराटनगर । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै छ । पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् । ५० जना प्रतिनिधिको छनोट बाँकी छ । पार्टी कमिटीले मनोनित गर्ने ५० जना प्रतिनिधि छनोटको टुङ्गो लागिनसकेको उनले बताए । छनोट गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा एक पक्षीय हुने र विवाद हुने देखिएपछि यो प्रकिया रोक्न आग्रह गरिएको एमाले मोरङका एक नेताले बताए । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी बन्नेछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने अध्यक्ष न्यौपानेले बताए । सहमति नभए निर्वाचन हुने उनले बताए । निर्वाचन हुँदा प्यानल भने बनाउन निषेध गरिएको उनको भनाई छ । अधिवेशनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इञ्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने बताए । नेकपा एमाले भित्र विवाद सृजना गरेर कमजोर बनाउनका लागि देशी र विदेशी शक्ती सक्रिय भएर लागि परेको उनले बताए । उनले पार्टी भित्र नेतृत्वका विषयमा कुनै विवाद नरहेको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो