Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशसभामा दुई अध्यादेश पेस, असोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

2023 Oct 4 8:29 PM 49

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशसभामा दुई अध्यादेश पेस, असोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
विराटनगर ।  कोशी प्रदेशको प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले ती अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको हो ।
प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलहरुकातर्फ नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले मुलुकको आर्थिक अवस्था कमजोर हुँदा जनतामा नकारात्मक सोच बढ्ने भन्दै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सद्भाव भड्किन नदिन विकास निर्माण र आर्थिक क्रियाकलाप बढ्नुपर्ने धारणा उहाँले कोशी प्रदेशमा सरकार गठन र विघटनको खेलले जनतामा निराशा बढेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा स्थिर सरकार निर्माणका लागि दलहरुबीच सहकार्य, सद्भाव र एकताको आवश्यकता औँल्याउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा नामकरणको विवाद यथावत रहेको अवस्थामा सरकार गठन र विघटनले झन समस्या थपेको बताउनुभयो । उहाँले प्रदेशको कहालीलाग्दो अवस्थाबाट पार लगाउन राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू अनुकूल सरकार बनाउन सहमति र सहकार्य गर्ने र अरुको अस्तित्व स्वीकार नगर्ने परिपाटीले समस्या निम्तिएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशमा शान्ति स्थापना गर्नका लागि बहुपहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्नुभयो ।
बुधबारको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गीता रेग्मी, गोविन्द गिरी, गोम्बु शेर्पा, जयप्रकाश चौधरी, इन्दिरादेवी खनाल, रमेशकुमार बस्नेत, राजन किराती, शोभा चोम्जोङ, सदानन्द मण्डल र सविना बजगाईंले प्रदेशको समसामयिक विषयमा बोल्नुभएको थियो ।
बैठकले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, कोशी प्रदेशसभाका पूर्वसदस्य ताहिर मियाँ अन्सारीको असामयिक निधनप्रति गहिरो समवदेना प्रकट गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक असोज २० गते दिउँसो १ बजे बस्नेछ । सोही  दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पनि लिनुहुने जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला