Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशसभामा दुई अध्यादेश पेस, असोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

2023 Oct 4 8:29 PM 37

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशसभामा दुई अध्यादेश पेस, असोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
विराटनगर ।  कोशी प्रदेशको प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले ती अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको हो ।
प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलहरुकातर्फ नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले मुलुकको आर्थिक अवस्था कमजोर हुँदा जनतामा नकारात्मक सोच बढ्ने भन्दै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सद्भाव भड्किन नदिन विकास निर्माण र आर्थिक क्रियाकलाप बढ्नुपर्ने धारणा उहाँले कोशी प्रदेशमा सरकार गठन र विघटनको खेलले जनतामा निराशा बढेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा स्थिर सरकार निर्माणका लागि दलहरुबीच सहकार्य, सद्भाव र एकताको आवश्यकता औँल्याउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा नामकरणको विवाद यथावत रहेको अवस्थामा सरकार गठन र विघटनले झन समस्या थपेको बताउनुभयो । उहाँले प्रदेशको कहालीलाग्दो अवस्थाबाट पार लगाउन राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू अनुकूल सरकार बनाउन सहमति र सहकार्य गर्ने र अरुको अस्तित्व स्वीकार नगर्ने परिपाटीले समस्या निम्तिएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशमा शान्ति स्थापना गर्नका लागि बहुपहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्नुभयो ।
बुधबारको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गीता रेग्मी, गोविन्द गिरी, गोम्बु शेर्पा, जयप्रकाश चौधरी, इन्दिरादेवी खनाल, रमेशकुमार बस्नेत, राजन किराती, शोभा चोम्जोङ, सदानन्द मण्डल र सविना बजगाईंले प्रदेशको समसामयिक विषयमा बोल्नुभएको थियो ।
बैठकले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, कोशी प्रदेशसभाका पूर्वसदस्य ताहिर मियाँ अन्सारीको असामयिक निधनप्रति गहिरो समवदेना प्रकट गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक असोज २० गते दिउँसो १ बजे बस्नेछ । सोही  दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पनि लिनुहुने जनाइएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न