Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यसपालि अहिलेसम्म ३५ हजार डेंगु संक्रमित, ३० जनाको मृत्यु

2023 Oct 7 10:04 AM 24

विज्ञापन

Birat Cancer Hospital
यसपालि अहिलेसम्म ३५ हजार डेंगु संक्रमित, ३० जनाको मृत्यु
काठमाडौं । यसपालि अहिलेसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । गएको पुस १५ गतेदेखि अहिलेसम्म झण्डै ३५ हजार जनालाई सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको किटजन्य रोग निवारण शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार यो अवधिमा डेङ्गी भएर ३० जनाको ज्यान गएको छ । पोहोर ८८ जनाको ज्यान गएको थियो भने ५५ हजारभन्दा धेरै सङ्क्रमित भएका थिए । अहिले डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको डाक्टर दाहालले बताउनुभयो । उहाँका अनुसार आउँदो कात्तिक महिनासम्म नै डेङ्गीको जोखिम रहने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन डाक्टरको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी सङ्क्रमणबाट जोगिनु एकमात्र उपाय हो । लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन उहाँको आग्रह छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रमलगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न उहाँको सुझाव छ । यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने गरेकाले त्यसो नगर्न पनि किटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको आग्रह छ । डेङ्गी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिनलगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान उहाँको सुझाव छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?