Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

'एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिदैछ’

2023 Oct 12 7:02 AM 23

विज्ञापन

Birat Cancer Hospital
'एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिदैछ’
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गरिरहेको बताएका छन् । एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले विरोध गर्दा पनि एमालेलाई धराशायी बनाउन नसक्ने बताए । उनले भने, ‘एमाले काम गर्न नसकेर विरोध गरेको छैन । एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिदैछ ।’ उनले नेपाली कांग्रेस र माओवादी पनि एमालेको राम्रो काम देखेर आत्तिएको बताए । उनले चेतावनी दिए, ‘तपाईहरु सच्चिनुस् । सचिएनौं भने भविष्य राम्रो हुने छैन । अन्धकारमा जाने नै छ ।’ ‘एउटा समय थियो, धेरै वर्ष अगाडी होइन् । अलिकति मात्र अगाडी । ०७४ को निर्वाचनमा हामीलाई प्रवेश गर्न दिएनन् । त्यो अवस्था थियो’, अध्यक्ष ओलीले भने, ‘तर ०७९ को निर्वाचनमा परिणाम नै बेग्लै आयो ।’ उनले देश बनाउने जिम्मेवार पार्टीलाई चिनेकोमा मधेशका जनतालाई पटक पटक धन्यवाद दिए । उनले मधेशबाटै संगठन निर्माण गरेको र ५० वर्ष अगाडी आफूलाई हत्या गर्न खोजेको पनि सुनाए । ‘मलाई हत्या गर्ने जिम्मा जसलाई दिएको थियो, त्यो प्रहरीले नै मलाई साइड लगायो र बाँचिए’, उनले भने । घटनाको ५० वर्ष भयो, प्रधानमन्त्री पनि भइसकेको देखेर आफूलाई हत्या गर्ने योजना बनाएकाहरुलाई भतभत पोलिरहेको उनको भनाई थियो । अध्यक्ष ओलीले कम्यूनिष्टका नाममा जनतालाई भ्रमित पार्ने काम भइरहेको पनि बताए । उनले सच्चा कम्यूनिष्टहरुलाई एमालेमा आउन आह्वान गरे ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?