Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहमा : अख्तियार प्रतिवेदन

2023 Oct 12 7:48 AM 49

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहमा : अख्तियार प्रतिवेदन
विराटनगर । कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहको रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पेश गरेको ३३ औँ प्रतिवेदनमा यस्तो विवरण उल्लेख गरिएको हो । ‘गत आर्थिक वर्षमा उजुरी दिएका निवेदनहरुमध्ये सबैभन्दा बढी स्थानीय तहका रहेका छन्,’ न्यौपानेले भने । ०७९\८० मा सबैभन्दा बढी उजुरी सप्तरीबाट ६ सय, सुनसरीबाट ५०२, मोरङबाट ३८०, झापाबाट २१५, उदयपुरबाट १५७ रहेको छ । सबैभन्दा कम उजुरी भने तेह्रथुम जिल्लाबाट ४३ वटा परेको न्यौपानेको भनाइ छ । अख्तियारका अनुसार गतवर्ष झापा, मोरङ र सप्तरीका ५ वटा कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएर विशेष अदालतमा आरोपत्र दायर गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९\८० मा आयोगमा २० हजार ९०५ वटा उजुरी परेको थियो । जसमध्ये १८ हजार ७९९ उजुरी फर्छ्यौट भएको आयोग इटहरी कार्यालयका प्रमुख न्यौपानले जानकारी दिए । यो ६६।९८ प्रतिशत हो । आयोगले आर्थिक वर्ष ०७९\८० मा प्रारम्भिक छानबिनतर्फ जम्मा २४०७ उजुरी रहेकोमा सोमध्ये १६६४ फर्छ्यौट भई ६९.१३ प्रतिशत प्रगति हासिल भएको न्यौपानेले जनाए । जसमध्ये १५५ वटा उजुरीमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरीमाथि सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाएको छ । गत आर्थिक वर्षमा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरु चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यक्षेत्र भित्र ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले अधिकार प्रत्यायोजन गरेको छ । आयोगको कार्यक्षेत्र भने कोशी प्रदेशका खोटाङ, सोलुखुम्बु र ओखलढुंगा बाहेकका ११ जिल्ला र मधेस प्रदेशको सप्तरी जिल्ला रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला