Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्विकार्य छैन: शेखर कोइराला

2023 Oct 15 8:52 AM 24

विज्ञापन

Birat Cancer Hospital
सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्विकार्य छैन: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग स्विकार्य नहुने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै गैरराजनीतिक र राष्ट्रिय सुरक्षासँग जोडिएको संस्थामा राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै उनले गम्भीर आपत्ति जनाएका हुन् । माओवादी पूर्वलडाकुका अधिकारीलाई प्रमुख जिम्मेवारी दिने विषयमा उनको यस्तो प्रतिक्रिया आएको हो । कोइरालाले सेनालाई राजनीतिबाट अलग राख्नुपर्ने धारणा राखेका छन् । उनले लेखेका छन्, नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । त्यस्तै उनले सेनामा गरिने राजनीतिले दुर्घटना निम्त्याउने भन्दै, कसैले राजनीति गरे स्विकार्य नहुने चेतावनी दिएका छन् । उनी लेख्छन्, सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस । माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपेकोमा नेता कोइरालाले विमत्ति जनाएका हुन् । यही असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको सरकारले ती वर्ष पदावधि थप्ने निणर्य गरेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?