Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

टी–२० विश्वकप छनोट: नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जित्यो

2023 Nov 5 9:04 PM 24

विज्ञापन

Birat Cancer Hospital
टी–२० विश्वकप छनोट: नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जित्यो
काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रनमात्र बनाउन सक्यो । आज आइतवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा ओमानले ७ रनमात्र बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । ओमानका काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । यस्तै अकिब इलियासले ३३ र कप्तान जेशान मक्सूदले २६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका गुलसन झाले सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१ र करण केसीले नटआउट २० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ३ र अकिब इलियासले २ विकेट लिए । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५ रनले पराजित भएको थियो । यस्तै नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । नेपाल यसअघि सन् २०१४ मा टी–२० विश्वकपमा छनोट भएको थियो । समूह चरणमा सबै खेल जितेको ओमानले सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा छनोट भएको थियो । ओमानले यसअघि सन् २०१६ र २०२१ मा टी–२० विश्वकप छनोट खेलिसकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?